राजनीति

काँग्रेस युवा नेताको हत्या बिरुद्ध नेबिसंघले गर्यो यस्तो आन्दोलनका घोषणा

काठमाण्डौ । जाँजरकोटमा मंगलबार साँझ अज्ञात समूहको कुटपीटबाट हत्या गरिएका रवीन्द्र शाहको हत्याको बिरोधमा नेबिसंघले काठमाण्डौमा बिरोध जनाएको छ । आज बसेको नेबिसंघको केन्द्रीय समितिको बैठकले त्रिचन्द्र क्याम्पस घण्टाघरमा बिरोध प्रदर्शन गर्नुका साथै आन्दोलनका कार्यक्रमहरु समेत घोषणा गरेको छ ।

नेबिसंघले देशभरका क्याम्पसहरुमा धर्ना गर्ने, प्रधानमनत्रीलाई ज्ञापनपत्र बुझाउने लगायतका छन् । उक्त कुरा नेबिसंघ अध्यक्ष नैनसिंह महरले बताए ।

मंगलाबार केही बयक्तीहरुको समूहमा आएका आज्ञात समूहले शाहलाई मरणासन्न हुनेगरी कुटपीट गरेका थिए । कुटपीटपछि गम्भिर घाईते भएका शाहको खलंगा अस्पतालमा उपचारका लागी भर्ना गरेकबो केहिबेरमा मृत्यु भएको डाक्टरले घोषणा गरेका थिए ।

प्रहरीले माओबादी बिप्लव समूहले आक्रमण गरेको आशंका गरेको बताएको छ । अझैपनि प्रहरीले घटनाको खास कारण पत्ता लगाउन प्रयास जारी राखेको जिल्ला प्रहरी कार्यालयका प्रहरी इन्सपेक्टरले सुर्यखबरलाई बताए ।