पु.समाचार

आरआर स्वबियुमा टपेन्द्र शाहीको प्यानल नै बिजयी

काठमाडौं । ब्यापक बिबादकाबीच मंगलबार सम्पन्न आरआर क्याम्पसको स्वतन्त्र बिद्यार्थी युनियनको निर्बाचनमा अनेराश्वबियुले प्यानल नै जित हाँसिल गरेको छ । बिबाद भएपछि सर्बोच्च अदालतले निर्बाचन गर्न आदेश दिए बमोजिम क्याम्पस प्रशाशनले स्वबियु निर्बाचन सम्पन्न गरेको हो ।

सभापतिमा अनेरास्ववियुका तपेन्द्र शाहीको पुरै टीम विजयी भएको छ ।
शाहीले ६ सय ९९ मत सहित इ वियजी भएका हुन् । निकटतम प्रतिद्वन्दी नेबि संघका उत्तम साउदले ३६७ मत प्राप्त गरेका छन भने माके निकटको क्रान्तिकारी ले जम्मा ५३ मत प्राप्त गरेको छ।
त्यस्तै सचिवमा नारायण शर्माले ६ सय ९६, कोषाध्यक्ष संगमप्रसाद देवकोटोले ७ सय १० मत, सदस्यमा दिनेश बजगाई, सुनिता धिताल, जनक शाही, श्यामबहादुर विक, उर्वशीसिंह नेपाली, दिपक खतिवडा, मदन भण्डारी, उज्जल न्यौपाने मत ल्याएर निर्बाचित भएका छन् ।
१२ सय ७६ मत खसेकोमा सबै भन्दा बढी मतसहित नेविसंघ दोस्रो स्थानमा आएको छ । समानुपातिकतर्फ अनेरास्ववियुको ७ सय ७७ मत प्राप्त गरेको समाचार प्राप्त भएको छ ।

अनेराश्वबियुको पकड भएको आरआर क्याम्पसमा अनेराश्वसबियूले जित हांसिल गर्नु नौलो कुरा नभएको आरआर क्याम्पसका बिद्यार्थीहरुको तर्क छ ।