मनोरञ्जन

छोराले जति बर्षसम्म बिहे नगर्दा पनि यो समाजले केहि भन्दैन तर…

हाम्रो देशमा जति सञ्चारका साधन र सुविधाहरु भएपनि जति भएपनि यी सबै शहरी क्षेत्रमा मात्र सीमीत छन् । फेसबुक, ट्वीटर, लिंकडेन, भाईबर, ह्वाट्सअप, पनिटप लगायतका सामाजीक सञ्जालका नेपालीहरुकाबीच उपयोगी भएका छन् । यी सामाजीक सञ्जालहरु जति नै नेपालीहरुकाबीच उपयोगी भएपनि ग्रामिण क्षेत्रबाट टाढा छन् । जति सुबिधाहरु सेवाहरु छन् ।

तिनिहरुको उपयोग गर्ने भनेको शहरी क्षेत्रमा बसोबास गर्ने मान्छेहरुले मात्र हो । ग्रामिण क्षेत्रमा बसोबास गर्ने मानिसहरु यी सुबिधाबाट बन्चित हुन्छन् । देश जति परिवर्तन भएपनि समाज अझै परिवर्तन हुन सकेको छैन । ग्रामिण क्षेत्रमा बसोबास गर्ने मानिसहरुलाई देशमा के कस्ता सेवा र सुबिधाहरु छन भन्ने कुरा पनि थाहा हुदैन । ग्रामिण क्षेत्रमा बसोबास गर्ने धेरै जसो मानिसहरु अझै पनि रुढिबादी परम्परालाई नै आत्मासाथ गरिरहेका छन् । पहिलाको परम्परामा नै रहेर चलिरहेका हुन्छन् । किनभने उनिहरुलाइ नयाँ कुराको ज्ञान नै छैन ।

ग्रामिण क्षेत्रमा प्रचारप्रसारको कमि छ । के गर्दा राम्रो हुन्छ कसरी समाज परिर्वतन हुन्छ भन्ने ज्ञानमा कमि छ । सञ्चारका साधनहरुको पहँुच एकदमै कम मात्रमा हुन्छ । ईन्टरनेटको पहुंच नभएका कारण अनलाईन मिडीयामा मुलुकका ग्रामीण क्षेत्र झण्डै शून्यप्रायः छ ।

उनिहरु आफ्नै परम्परालाई मान्छन् आफ्नै संस्कारलाई मान्छन् । २१ औं शताब्दीमा पनि उनिहरु पहिलाको कुरालाई नै मान्छन् । उनिहरुमा जनचेतनाको कमी छ । जुन समस्या आफूहरुले भोग्दै आइरहेका छन् । आफ्ना छोरा छोरीलाई पनि त्यो समस्याबाट माथि उठ्न दिदैनन् । पहिलाकै परम्परालाई मान्नु पर्दछ भन्दछन् । त्यो किन भाको भन्दा उनिहरुमा जनचेतनाको कमि छ । ग्रामिण क्षेत्रमा यो पनि समस्या छ कि उनिहरु आफ्नो सन्तानमा पनि भेदभावको दृष्टिकोणले हेर्छन् । छोरा छोरी समान हुन्छन् भन्छन तर पनि भेदभाब गर्छन् ।

छोरा र छोरीमा, छोरा भनेको आफ्नो वंश र छोरी भनेको अर्कोको भित्ता टाल्ने जात, छोरा भनेको हाम्रो भविष्यको हेरचाह गर्ने, मरेपछि दागबत्ती दिने दर्जामा राख्छन् । अझ पहिला पहिला त छोरालाई मात्र विद्यालय पठाउने चलन थियो । छोरीले पढ्नु हुदैन घरको काम मात्र गर्नुपर्छ भन्ने चलन थियो तर यो परम्परा चै विस्तारै घट्दै गएको छ । केहि हदसम्म भएपनि विद्यालय पठाउने गर्छन् । अरु पनि धेरै सुबिधाबाट टाढा राख्छन् छोरीहरुलाई घरबाट धेरै टाढाजान पनि दिदैनन् । छोरीलाइ घरभन्दा टाढा पठायो भने छोरी बिग्रीन्छन भन्छन् ।

छोराले जति बर्षसम्म बिहे नगर्दा पनि यो समाजले केहि भन्दैन तर तेहि छोरीले बिहे नगरि बसी भने उसको समाजले उसलाई नराम्रो नजरले हेर्छ । नानाथरि कुरा काट्न थाल्छ । समाजका हरेक नीतिहरुमा महिलालाई नै दबाइएको हुन्छ ।

यो समस्या शहरी क्षेत्रमा भन्दा ग्रामिण क्षेत्रमा बढि मात्रमा देखिन्छ किनभने ग्रामिण क्षेत्रमा बसोबास गर्न मानिसलाई चेतनाको कमि हुन्छ सञ्चार माध्यमहरुबाट जनचेतनाको प्रचारप्रसार भएतापनि ग्रामिण क्षेत्रमा आइपुग्ने माध्यम हुदैन । रेडियो र एफएम बाहेक संचारको पहुँच छैन अझैपनि गाँउमा ।

महिलालाई ३३ प्रतिशत अधिकार आयो त भन्छन् तर ति अधिकारहरु पनि शहरी क्षेत्रमा मात्र आएका होलान्, ग्रामीण महिलाहरु अशिक्षित भएका कारण अधिकारको सदुपयाृग गर्न पनि जान्दैनन्। । सायद ग्रामिण क्षेत्रमा बसोबास गर्न महिलालाई अधिकारको बिषयमा थाहा भए उनिहरु पनि आफ्नो अधिकार लिन्थे होला कति महिलाहरु अझै पनि लोग्ने पीडित छन् । सधै लोग्नेको कुटाइ सहेर बसेका हुन्छन् । आफु भित्र भएको पीँडालाई आफै भित्र दबाएर राख्छन् ।

किनभने उनिहरुलाई अधिकारको बारेमा थाहा नै छैन । किन त भन्दा उनिहरुमा चेतनाको कमि छ । धेरै कुरा थाहा छैन ग्रामिण क्षेत्रका महिलाहरु सशतिmकरण छैनन् । उनिहरुलाई गोष्ठि तालिम सभा सम्मेलनमा पठाइदैन । घरको काममा मात्र प्राथमिकता दिइन्छ । सबैतिर सुचना, सञ्चारका साधनहरु भएका भए ति महिलाहरुमा पनि चेतना हुन्थ्यो ।

हामीले पुरुषको हेपाई सहेर बस्नु हूदैन महिला पुरुष बराबर हुन भन्ने कुरा थाहा हुन्थ्यो । त्यसैले जब देशका हरेक कुना कुनामा सुचना र सञ्चारको पहुँच पूग्छ तब मात्र देश परिर्वतन हुन्छ । तब मात्र देशले नयाँ मोड लिन्छ । संञ्जालका साधनहरुलाई सहि रुपमा उपयोग गर्न हो भने यो बाट हामीले धेरै फाइदा लिन सक्छौ तर अहिलेको समयमा यी सञ्जालका साधनलाइ सहि उपयोग गर्न भन्दा बढि दुरुपयोग गर्न देखिन्छन् ।

अहिलेका नयाँ यूवावर्गले यसलाई गलत ठाउँमा उपयोग गरिरहेका छन् । यी संञ्जालका साधनको महत्व बुझि यसलाई सहि ठाउमा उपयोग गर्यो भने यसबाट हामीले धेरै फाइदा लिन सक्छौ । अहिलेका युवावर्गमा यसको सकरात्मक भन्दा पनि नकरात्मक असर बढि मात्रमा देखिन्छ ।

सञ्चारका साधनलाई सहि रुपमा उपयोग गर्न नयाँ कुराको पत्ता लगाउने, विभिन्न नयाँ कुराहरुको खोजी गर्न, देश विदेशमा घटेका घटनाहरुको जानकारी लिने, ताजा ताजा खबरहरु सुन्ने र पढ्ने गरेर सञ्चारका साधनको सदुपयोग गर्न सकिन्छ ।