राजनीति

काँग्रेस केन्द्रीय समितिको बैठक ११ बजेबाट, अझै केहिदिन लम्बिन सक्ने

काठमाण्डौ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक केन्द्रीय कार्यालय सानेपामा मंगलबार पनि बस्दैछ ।

आईतबार शुरु भएको बैठकले पार्टीको २९ सदस्यीय कार्यसम्पादन समिति र निर्बाचन परिचालन कमिटि लगायतका केहि कमिटिहरु गठन गरिसकेको छ ।

पार्टीमा भएका ४२ वटा बिभिन्न बिभागहरुलाई निरन्तरता दिने, पार्टीमा नियुक्त गर्नुपर्ने पदाधिकारी तथा सदस्यहरु नियुक्त गर्ने लगायतका कार्यहरु बाँकी छ ।

सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बस्न लागेको उक्त बैठक मंगलबार ११ बजेबाट बस्ने छ । छलफलहरु लम्बिएमा अझै केहिदिन केन्द्रीय समिति बैठक लम्बिन सक्ने अनुमान लगाईएको छ । निर्बाचन परिचालन कमिटिको संयोजकमा बरिष्ठ नेता रामचन्द्र पौडेल छन् ।