आर्थिक

नेपालमै पहिलोपटक हस्पिटालिटी अवार्ड वितरण

काठमाण्डौ । नेपालको इतिहासमै पहिलो पटक हस्पिटालिटी अवार्ड प्रदान गरिएको छ । सोमबार हस्पिटालिटी फाउन्डेसन अफ नेपालले एक कार्यक्रमको आयोजना ७ जनालाई सो अवार्ड प्रदान गरेको हो ।  नेपाल हस्पिटालिटी अवार्ड २०७३ नाम दिइएको सो अवार्ड संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री परशुराम तामाङले वितरण गर्नुभएको थियो ।

कार्यक्रममा इनोभेटिभ सेफ अफ दि एयरवाट कुमार चालिसे, हस्पिटालिटी इन्टरपनरवाट राजेन्द प्रसाद त्रिपाठी, गेस्टोनमि एवार्डवाट सुरेशचन्द्र बस्नेत, बेस्ट रेस्टुरेन्ट इन पोखरावाट डुङ्गा रेस्टो एण्ड लन्ज बारवाट राजेश गुरुङ्ग, वेस्ट बुटिक होटलवाट अप्सरा ब्ुाटिक होटल ठमेलका रमेश नापित, वेस्ट ट्राभल एण्ड टुरबाट हिमालयन डिस्कोभरी नेपालका एलेक्स नेपाल (सुरेश लम्साल) र वेस्ट एयर होस्टेस एकेडमी एवार्डबाट फल्याइटेक इन्टरनेशनलका नाजिर हुसैनलाई सम्मान तथा एवार्ड वितरण गरिएको थियो । नेपालको इतिहासमा पहिलो्पटक यस खालको अवार्ड प्रदान गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तामाङले पर्यटन क्षेत्रमा युवालाई स्वदेशमै परिचालन गर्नको लागि गृहकार्य गरिरहेको बताउनुहुँदै यस खालका अवार्ड वितरणले थप हौसला प्रदान गर्ने बताएका थिए ।

कार्यक्रममा हस्पिटालिटी फाउन्डेशनका अध्यक्ष तथा कार्यक्रमका सभापति महेशराज ढकालले नेपालमै यस खालको एवार्ड आफुहरुले व्यक्तिगत प्रयासमा गरेको बताउँदै भविष्यमा यस खालको कार्यक्रममा पर्यटन क्षेत्रका सरोकारवालाहरुले पनि सहयोग गर्ने अपेक्षा राखेका थिए ।