पु.समाचार

नेपाल र भारतबीच दिल्लीमा भयो महत्वपूर्ण सहमति, ग्यास उपभोक्ताका लागि खुसीको खबर

काठमाडौं । छिमेकी भारतले नेपाललाई प्राकृतिक ग्यास आपूर्ति गर्न र न्यसका लागि भैरहवासम्म पाइपलाइन समेत निर्माण गरिदिन सहमत भएको छ । नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनबीच सोमबार नयाँ दिल्लीमा भएको इन्धन खरिद सम्झौता नवीकरण बैठकमा दुई देशबीच प्राकृतिक ग्यास कारोबार सम्झौता भएको हो ।

मंगलबारको नागरिकमा लेखिएको छ, भारतले यसअघि नेपाललाई पेट्रोलियम पदार्थसहित खाना पकाउने एलपिजी ग्यास आपूर्ति गर्दै आएको छ । नयाँ सहमतिसँगै खाना पकाउन एलपिजीको विकल्प प्राकृतिक ग्यास प्रयोग गर्न सकिनेछ जुन तुलनात्कम रुपमा सस्तो पर्नेछ ।

प्राकृतिक ग्यास एलपिजीको तुलनामा करिब आधा सस्तो हुने निगमले जनाएको छ । यो अहिले नेपालमा प्रयोग भइरहेको गोबर ग्यासजस्तै हो । यो ग्यास ल्याउन सके घर घरमा ग्यासको पाइपलाइन पुर्याएर सेवा दिन सकिने निगको भनाई छ ।