विचार/ब्लग

आफन्तले आफन्तलाइ नै चिन्दैनन्, मान्छेले मान्छेलाई चिन्दैन यहाँ दुःख सुख बाड्ने त कुरा नगरौँ

मञ्जु खतिवडा
समयले मान्छेलाई जुन बाटो हिड्न पनि बाध्य गराउछ, आफुले देखेका सपनाहरु सबै अधुरा रहन्छन् । सबै मान्छेलाइ स्वार्थी मात्र देखिन्छ, निस्वार्थी मनले काम गर्ने कोहि हूदैन । यहाँ अरुको दुःखमा दुई थोपा अँशु झार्ने भन्दा पनि रमाउने धेरै हुन्छन्, कसैलाइ पिर पर्छ भने उ एक्लो हुन्छ । उसलाई साथ दिने कोहि हुदैन । सबै अरुबाट फाइदा लिने मात्र हुन्छन् । सफा मनले काम गर्न कोहि हुदैन । स्वार्थी छ यो दुनियाँ अरुको सानो सहयोगमा पनि फाइदा र घाटा हेर्छ ।

सितैमा पायो भने मान्छेले यो संसारमा केहि बाँकी राख्दैन । आफूले गरेको सानो सहयोगको ठुलो परिणम लिन्छ मान्छे, मान्छेले मान्छेको मर्म कहिल्यै बुझ्दैन् । आफ्नो स्तर अलिकति पनि केहि ठुलो छ भने आफु भन्दा तल्लो स्तरको व्यक्तिलाइ हेपिरहेको हुन्छ । उ बाट फाइदा लिइरहेका हुन्छन् । चाहे त्यो उसलाइ पीँडादायक होस या खुसिदाइक होस आफ्नो स्वार्थ पुरा गरि रहेका हुन्छन् । अर्काको दुःखमा रमाउने धेरै हुन्छन् ।

आफैं दुःख दिन्छन् अनि आफैं रमाउछन् । मान्छेले मान्छेलाइ हेर्ने दृष्टिकोण फरक फरक हुन्छ । पुरुषले महिलालाई जहिले पनि नराम्रो नजरले हेरिरहन्छ, उ माथि नराम्रो व्यवहार गरेकै हुन्छ चाहे त्यो मानसिक होस या शारिरीक जुन तवरबाट भएपनि उसलाई नराम्रो दृष्टिकोणले हेरेकै हुन्छ । आफुले लिने फाइदा छ भने उसँग जर्बरजस्ति होस या सल्लाहले होस उनिहरु लिए रै छाड्छन् ।

आफ्नो स्वार्थ पुरा गर्न अर्को व्यक्तिलाई जति चोट परेपनि केहि वास्ता हुदैन । मान्छेले मान्छेलाइ नै पशुसरहको व्यावहार देखाउछन् । अहिलेको मान्छेमा अलिकति पनि मानबता छैन । अरुको दुःखमा साथ दिने कोहि हुदैन । आफन्तले आफन्तलाइ नै चिन्दैनन्, मान्छेले मान्छेलाई चिन्दैन यहाँ दुःख सुख बाड्ने त कुरा नगरौँ । यो दुनियामा एक्लो होइन्छ । यो दुनियाँमा साथ दिने कोहि हुदैन् अरुबाट लिने मात्र हुन्छन् ।

जताततै बजार भाउ बढेको छ । सबैतिर सबै सामानको मुल्य बढेको छ । जनताहरु मार्कामा परिरहेका छन् । जनताको समस्या बुझ्ने कोहि छैन । दिनभरि मेहनत गरेर कमाएको पैसाले दुई जनाको परिवार पाल्नलाई पनि गाह्रो छ । अहिलेको समयमा रोजगारी पाउन गाह्रो छ । शिक्षा क्षेत्रमा जति सुधार आएपनि अझैँ जिवन उपयोगी, समय अनुकुलको शिक्षा पाउन सकिएको छैन ।

त्यहि समय अनुकुलको शिक्षा नभएकै कारणले नेपालमा रोजगारी पाउन एकदम गाह्रो छ । ग्रामीण क्षेत्रमा बसोबास गर्ने धेरै जसो मानिसहरुको आर्थिक स्थिति कमजो हुन्छ, र पनि दुःख सुख गरेर भएपनि आफ्ना सन्तानलाई केहि हदसम्म भएपनि शिक्षा दिनुपर्छ भन्ने लक्ष्य लिएका हुन्छन् र आफूले खाइ नखाइ भएपनि आफ्ना छोरा छोरीलाई स्कूल पढ्न पठाउछन् र अरुसँगबाट ऋिण लिएर भएपनि । शिक्षा त लिन्छन् तर जिवन उपयोगी हुदैन । अनि रोजगारी पाउन गाह्रो हुन्छ । पेट पाल्नु त पर्यो नि । आमा बुबा प्रति छोरा छोरी हुनुको कर्तव्य त निर्बाह गनुपर्यो नि ।

अनि आफ्नो देशमा रोजगारी नपाएपछि परदेशिनु पर्यो नि । अर्कोको देशमा गएर रात दिन परिश्रम गर्यो तर पनि भनेको जति आम्दानी हुदैन । आफूले कति उपयोग गर्न अनि आफ्नो परिवारलाई कति पठाउने, परिवारले पनि बाच्नु नै पर्यो । स साना आवश्यकता त पुरा गर्नु नै पर्यो । चलिरहेको महंगीलाई पनि सामाना नै गर्नु पर्यो ।

यहाँ मनपरीे बजार भाउ हुन्छ, सेवा सुविधा दिन बसेकाहरु आफैँ धेरै फाईदा लिइरहेका हुन्छन् । सबै यहाँ भ्रष्टचारी, फटाहा, शोशक मात्र देखिन्छन् । निमुखा, सोझा जनताहरुलाइ ठगिरहेका हुन्छन् उनिहरुलाइ प्रगति गर्न दिदैनन् । गरिब जनताहरु जहिले पनि शाषित भइरहेका हुन्छन् । ठुला भनाउदाहरुले शोषण गरिरहेका हुन्छन् । सामन्तीहरु आफु जहिले पनि माथि उठिरहेका हुन्छन, प्रगति गरिरहेका हुन्छन् सोझा जनतामाथि अन्याय गरेर आफु माथि उठ्छन् ।

नारा जुलुस गर्छन् जनतालाइ पात्र बनाउछन्, उपयोग गछन् तिमीहरुको अधिकारको लागी हामी लडिरहेका छौ भन्छन् तर जनताको अधिकारको लागी लडेका होइनन् । उनिहरु आफ्नो अधिकार प्राप्तिका लागी हामी मजदुरहरुलाई उपयोग गरेका मात्र हो जब आफ्नो स्वार्थ पुरा हुन्छ अनि उनिहरुले हामी मजदुरलाइ चिन्दैनन् । मजदुरहरुका लागी सानो सहयोग पनि गर्दैनन् । उनिहरुको अधिकारको लागी लड्ने त कुरा नगरौँ । बजार भाउ माथि पुर्याउछन् जो गरिब मजदुरहरुले खान पनि पाउदैनन् । भोक भोकै मरिरहेका हुन्छन् । अहिलेको समयमा पनि यो कुरा सत्य नै छ कति मजदूरका छोरा छोरीहरु सडकमा खान नपाएर मरिरहेका हुन्छन् ।

ति बच्चालाई देख्ने कोहि हुंदैनन् । सबै जना आ–आफ्नो फाइदाका लागी हिडिरहेका हुन्छन् । खान नपाएर भोक भोकै मर्न लागेका ति मजदुरलाई दया देखाउने कोहि हुदैन । धनि र ठूला भनाउदाको घरमा माछा, मासु नभइ खाना खाइदैन, ताजा सफा र स्वादिष्ठ खाना चाहीन्छ तर गरिबहरुको घरमा चुलो बल्दैन । त्यहि गरिबहरुको रगत, पसिना बगाएको धन भ्रष्टाचार गरेर हुन्छ या बजार भाउ बढाएर हुन्छ कि शोषण गरेर हून्छ धनीहरु माथि उठिरहेका हुन्छन् । गरिबहरुले घाम पानी परेको बेलामा ओतिने सानो झुपडि हुदैन ।

उनिहरुलाई घाम पानि छेक्न कति गार्हो छ तर त्यहि धनिहरुलाई आफू बसिरहेको महल पनि सानो हुन्छ त्यो भन्दा ठुलो को सपना देखिरहेका हुन्छन् । तर गरिब र निमुखा जनताको सपना बाहेक केहि पुरा हुदैन । यस्तै छ यो संसार ठूला र धनीहरुका लागी मात्र हो । निमूखा जनताको लागी केहि हूदैन कोहि आफ्नो हुदैन । सबै जना आफ्नो स्वार्थ पुरा नहुन्जेलको मात्र हो ।

त्यसैले आफ्नो हक हितको लागी आफै लड्नु पर्छ । मान्छे जन्मिदै खराब हूदैन् उसलाई समाज र परिस्थितिले खराब बाटो हिड्न सिकाउछ । मान्छेका हरेक आवश्यकता र चाहनाहरु हुन्छन् । कोहि कसैका सबै आवश्यकता पुरा होलान् । कसैका सबै आवश्यकता अधुरा रहलान त्यो फरक कुरा हो । कसैले आफु भित्र भएका कति आवश्यकतालाइ दबाएर राख्छन् कतिले बाहिर प्रस्तुत गर्छन् ।