समाचार

लायन्स क्लबद्धारा बाग्मती सरसफाई अभियान सम्पन्न

काठमाण्डौ । लायन्स क्लब अफ काठमाण्डौ अभियानको आयोजना बाग्मती सरसफाई कार्यक्रम सम्पन्न भएको छ । पछिल्ला वर्ष बाग्मतीको सरसफाईमा जुटेका अन्य थुप्रै अभियानहरुसँगै सो क्लबले पनि शनिबार सो कार्यक्रम सम्पन्न गरेको हो ।
क्लबले शनिबार शान्तिनगरस्थित वानेश्वर क्याम्पसदेखि बाग्मती पुलसम्मको ५ सय मिटर दुरीको सरसफाई गरेको क्लवका अध्यक्ष टिका सुवेदीले जानकारी दिए ।
सरसफाई कार्यक्रम अन्य प्रतिष्ठित सामाजिक व्यक्तित्वहरु लगायतका क्लवका अधिकांश सदस्यहरुको उपस्थितिमा सम्पन्न भएको क्लबका सचिव खिलराज पोख्रेलले जानकारी दिए ।