राजनीति

चिनियाँ राष्ट्रपतिसँग भेट गर्नु केही घण्टाअघि मात्रै प्रचण्डले बेइजिङमा गरे यस्तो बहस

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनका १५ ठूला कम्पनीहरुसँग नेपालमा लगानी गर्ने सम्बन्धमा विशेष बहस गरेका छन् । चीनको साताव्यापी भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले सोमबार बिहान ती कम्पनीहरुसँग परामर्श गरेका हुन् ।  गोलमेच बहस नाम दिइएको सो सेमिनारमा नेपालमा लगानीका अवसरका विषयमा प्रधानमन्त्री दाहालले आफ्नो मन्तव्य राख्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री दाहालले नेपाल र चीनबीचको सम्बन्ध र लगानीको सम्भावनाका विषयमा विषयमा विशेष मन्तव्य दिएका थिए । कार्याशाला गोष्ठीमा सहभागी कम्पनीहरुले नेपालमा लगानी जुटाउन आफुहरु प्रतिवद्ध रहेको जनाएको सचिवालय श्रोतले जनाएको छ ।


यो राउन्ड टेबल कन्फरेन्स लगत्तै प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता हुने कार्यक्रम तय भएको जनाइएको छ । राष्ट्रपति सीसँग भेट हुनु केही घण्टाअघि चिनियाँ कम्पनीहरुसँग भएको यो विशेष बहसलाई निकै महत्वका साथ हेरिएको छ ।