अन्तर्राष्ट्रिय

ब्रिटेन आक्रमणबारे उत्तरकोरियाले दियो यस्तो प्रतिक्रिया

एजेन्सी । गतः बुधबार राजधानी लन्डनमा जथाभाबी छुरा प्रहारगरी भएको आतङ्ककारी आक्रमणको उत्तरी कोरियाद्वारा सहानुभूति प्रकट स्थानीय सञ्चार माध्यमले जानकारी दिएको छ ।

उत्तर कोरियाका प्रधान मन्त्री पार्क पोङ जुले बेलायतका प्रधान मन्त्री टेरेसा मेलाई पठाउनुभएको एक सन्देशमा केन्द्रिय लन्डनस्थित बेलायती संसद् भवन परिसरबाहिर भएको यस आतङ्ककारी आक्रमणमा सहानुभूति प्रकट गर्नुभएको कोरियन समाचार समितिले जानकारी दिएको छ ।

यस्ता आतङ्कारी आक्रमणको आफूहरु सदैव विरोधमा रहेको पनि उहाँले सो सन्देशमा बताएका छन् ।

उक्त आक्रमण, लन्डनको इतिहासमा सन् २००५ पछिको सबभन्दा भयावह घटना मानिएको छ । गत बुधबार राति भएको यस आक्रमणको इस्लामिक स्टेट (आइएस) आतङ्ककारी समूहले जिम्मा लिएको छ ।

आइएसको निकट मानिने अमास न्युज एजेन्सीमार्फत् उक्त समूहले बिहीबार आक्रमणको जिम्मेवारी लिएको हो ।