राजनीति

आईजीपी बनाउने खेलमा काँग्रेस, एमाले र माओबादी केन्द्रबीच यस्तो छ आन्तरिक लविङ

काठमाण्डौ । सर्बाेच्च अदालतले आईजीपीमा पुनः मूल्याँकन गरी चार मध्ये एक डीआईजीपीलाई आईजीपी बनाउन आदेश दिएपछि संसदमा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो दल नेपाली काँग्रेस, सरकारको नेतृत्व गर्ने दल माओबादी केन्द्र र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमा आफ्नो पकडको डीआईजीपी बनाउन आन्तरिक लविङ गरिरहेका देखिएको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवाले रुचाएका डीआईजीपी जयबहादुर चन्दलाई उपप्रधान एबम् गृहमन्त्री बिमलेन्द्र निधीको प्रस्तावमा सरकारले आईजीपीमा नियुक्त गरेपनि उक्त निर्णयलाई अदालतले बदर गरि नयाँ तरिकाले आईजीपी नियुक्त गर्न भनेपछि मुलुका तीनै  महत्पूर्ण शक्ती आईजीपी बनाउन आफ्नो आन्तरिक कसरतमा ब्यस्त छन् ।

कारण यो पनि हुन सक्छ कि बैसाख ३१ गते सरकारले स्थानीय निकायको निर्बाचन घोषणा गरिसकेको छ, उक्त निर्बाचनमा आफ्नो पकडको आईजीपी नियुक्त भएमा उसलाई बिश्वासमा लिएर निर्बाचनमा आफ्नो पार्टीको स्थान बलियो बनाउन सकिन्छ भन्ने मुख्य दलहरुलाई आशा छ । काँग्रेस सभापति शेरबहादुर देउवाले जयउबहादुर चन्दलाई आईजीपी बनाउन लबिङ गरेकाले पारिवारिक पृष्ठभूमी काँग्रेस भएका चन्दलाई नै काँग्रेसले पुनः आईजीपी बनाउने प्रयास गर्नेछ ।

प्रमुख प्रपिक्षी दल एमालेले नवराज सिलवाललाई आईजीपी बनाउन प्रयासरत रहेको समाचार आईरहेको छ ।

एमालेले पारिवारिक पृष्ठभूमि काँग्रेस भएका र देउवाका नजिकका पात्र भएका कारण कुनैपनि हालतमा जयबहादुर चन्दलाई नस्विाकार्नेगरी राणनीति तयार गरेको छ भने काँग्रेस सभापति शेरबहादुर देउवा सर्बोच्च अदालतको आदेशपछि हच्किएर चन्द नभए सिलवाल पनि नहुने बरु अरु अर्याल वा भण्डारी मध्ये एकलाई बनाउदा आफुलाई आपत्ति नहुनेमा रहेको देउवा निकट स्रोतको दाबी छ ।

एमाले प्रमुख प्रतिपक्षी दल भएको कारण उसको आईजीपी बनाउने मुद्धामा प्रत्यक्ष भुमिका भने हुंदैन, उसले आन्तरिक रुपमा फुटाउने काम गरेर आफ्नो पकडकोलाई बनाउने भुमिका खेल्नेमात्र हो ।

डीआईजीपी प्रकाश अर्यालले आफूलाई सिनियर भएका कारण आईजीपी बनाउनुपर्ने मुद्धा सर्बोच्च अदालतमा दिईसकेका छन् । गृहमन्त्री बिमलेन्द्र निधीले भने उपत्यकाका लागी कामु प्रमुख बनाईएका डीआईजीपी बमबहादुर भण्डारीलाई नै आईजीपी बनाउन चाहेका हुन् कि भन्ने समाचार बिश्लेशण गर्न सकिन्छ । प्रहरीको महत्वपूर्ण स्थान मानिने माहानगरीय प्रहरी प्रमुख बनाईनुबाट उक्त अनुमान लगाईन सकिन्छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल बिहीबार चीन भ्रमणमा रहेका कारण उनी नफर्किउन्जेल कुनैपनि निर्णय हुन सक्दैन । उनी फकिएपछि नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवासंग छलफल गरेर आईजीपीको बिषयमा निर्णय हुने बताईएको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवाले आफू निकटका कानुनबिदहरुलाई निवासमा बोलाएर कानुनी सरसल्लाह गरिरहेका छन् भन्ने बुझिएको छ । कानुनबिदहरुसंगको भेटमा जयबहादुर चन्दलाई नै आईजीपी बनाउने उपाय खोज्न अह्राएका छन् । नियमावली नै संसोधन गरेर पनि आईजीपी बनाउन सकिने सल्लाह दिएको भन्ने पनि बुझिएको छ ।

माओबादी केन्द्रले भने आफ्नो भागमा परेको शशस्त्रका आईजीपी बनाईसकेको हुनाले उसको दाबी नरहनाले काँग्रेसले आफ्नो पकडको आईजीपी बनाउन बढी लबिङ गरिरहेको देखिन्छ । प्रकाश अर्याल पनि बिबादमा नतानिएक डीआईजीपी भएक कारण उनको पनि सम्भाबना नभएको होईन, तैपनि काँग्रेसको गृहमन्त्री र उसैको भागमा आईजीपी परेको हुंदा जयबहादु नै पुनः आईजीपी हुन सक्छन् ।

प्रहरी प्रमुख जस्तो महत्वपूर्ण पद नहुनाले दैनिक गुर्नुपर्ने सुरक्षा र अपराध अनुसंधानका क्षेत्रमा प्रभाब गरेको हुंदा उक्त निर्णय सरकारले तत्काल कार्यान्वयन गर्नुपर्ने सुरक्षाबिदहरुको भनाई छ । सुक्षाबिदहरु भन्छन् आईजीपी जो होस मत्लव छैन तर मुलुकलाई आईजीपी चाहियो नि हैन र ?