राजनीति

एमालेले बागी उमेर्द्वारलाई पार्टीबाटै निस्काशन गर्ने बनायो यस्तो मापदण्ड

काठमाण्डौ । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको नेकपा एमाले स्थायी समितिको बैठकले आउदै गरेको निर्बाचन सफल बनाउन पार्टीको सम्पूर्ण शक्ती प्रयोग गर्ने  बताएको छ ।

बैठकपछि बोल्दै अध्यक्ष ओलीले कुनैपनि हालतमा निर्बाचन हुने र निर्बाचनमा बागी उमेर्द्वार उठेमा पार्टीले साधारण सदस्य नरहने गरी कारबाही गर्ने बताएका छन् ।

बिहीबारको बैठकमा एमालेले निर्बाचनमा उठ्ने उमेर्द्वारहरुको मापदण्ड तय गरेको छ । उक्त मापदण्डमा निर्बाचन लडाउने र जिताउने अभियानमा पार्टी एकढिक्का भएर लाग्ने सहमती भएके बताईएके छ ।

निर्बाचनमा उमेरद्वार छनौटमा एमालेबाट निर्बाचन लड्ने माहानगरपालीकाका प्रमुख, उपप्रमुख र वडाध्यक्षहरुको नामको अन्तिम टुंगो केन्द्रले लगाउने, नगरपालीका र गाँउपालीकको अध्यक्ष, वडादक्षहरुको टुंगो तलबाट आएके सिफारिसमा जिल्लाले टुंग्याउने सहमती अनुसार अगाडी बढिने सचिब योगेश भट्टराईले बताएका छन् ।

माओबादी केन्द्रले पहिले नै नगरपालीका लगायतमा केन्द्रले उमेर्द्वार टुंगो लगाउने बताएको छ भने संसदमा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले हालसम्म केन्द्रीय समिति बैठक बस्न नसकेका कारण टुंगो लगाउन सकेको छैन ।