पु.समाचार

नयाँ आइजीपीे नियुक्तिको विषयमा प्रचण्ड र देउवाबीच यस्तो सहमति

काठमाडौँ । सरकारले प्रहरी महानिरीक्षक नियुक्ति प्रक्रिया प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणपछि मात्र अघि बढाउने भएको छ ।प्रधानमन्त्री दाहालको ६ दिने चीन भ्रमण बिहीबार शुरु हुँदैछ । सर्वोच्चको फैसलामा गम्भीर असहमति र कतिपय विषय सरकारी रेकर्डभन्दा फरक भएकाले कानुनी परामर्शपछि मात्र अघि बढ्ने सरकारले महानिरीक्षक नियुक्ति पर सारेको हो ।

शुक्रबारको अन्नपूर्णमा लेखिएको छ, प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बुधबार भएको भेटमा चीन भ्रमणपछि मात्रै नयाँ आइजीपी नियुक्ति प्रक्रिया अघि बढाउने सहमति भएको हो ।