पु.समाचार

मधेस पुगेर बाबुरामले राखे यस्तो सर्त

सिरहा । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले निर्वाचन आवश्यक भएकाले संविधान संशोधनबाट संघीयता, राज्य पुनसंरचना र सीमाकंनको मुद्दा टुंग्याएर मात्रै चुनाव गर्नुपर्ने बताएका छन् ।

  पार्टीको हिमाल, पहाड, तराई(मधेस राष्ट्रिय अभियानको प्रस्तावित प्रदेश नम्बर २ अन्तर्गत सिरहाको लहानबाट बुधबार सुरुवात गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले संघीयतामा सीमाकंनको मुद्दा नै गुदी कुरा भएको बताए ।

बिहीबारको कान्तिपुरमा लेखिएको छ, ‘सीमाकंनको विषय नै थाती राखेर अघि बढे इतिहासमा क्यान्सरजस्तो ‘क्रोनिक’ भएर पटक पटक बल्झिरहने भएकाले संविधान संशोधन गरेर चुनावमा जानुपर्छ’ उनले भने ।