पु.समाचार

चिनियाँ रक्षामन्त्री काठमाण्डौ झर्ने वित्तिक्कै गर्ने भए यस्तो सहयोग

काठमाडौं । चिनियाँ रक्षामन्त्री चाङ वानछुवान नेपाल भ्रमणमा बिहीबार आइपुग्दैछन्। चिनियाँ रक्षामन्त्रीको तीनदिने भ्रमणमा राष्ट्रसंघीय शान्ति सेनामा खटिने नेपाली सैनिकका लागि प्राविधिक सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने रक्षामन्त्री बालकृष्ण खाँणले जानकारी दिएका छन् ।

‘चीनले राष्ट्रसंघीय शान्ति सेनामा खटिने नेपाली सैनिकलाई सवारीसाधनलगायत प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ,’ उनले भने, ‘प्राविधिक सहयोग निरन्तरताका लागि समझदारी पत्रमा हस्ताक्षर हुन लागेको हो।’

बिहीबारको अन्नपूर्णमा लेखिएको छ, चीनले नेपाली सेनालाई दिने सैन्य सहयोग वृद्धिसम्बन्धी अर्को समझदारी पत्रमा पनि हस्ताक्षर हुनसक्ने वरिष्ठ सरकारी अधिकारीले बताए। चीन र नेपालबीच संयुक्त सैन्य तालिमको पूर्वसन्ध्यामा चिनियाँ रक्षामन्त्री नेपाल आउन लागेका हुन्।

उनी यहाँबाट बंगलादेश भ्रमणमा जाने छन्। नेपाली सेनाका प्रवक्ता ताराबहादुर कार्कीले चीनसँग सैन्य तालिमबारे गृहकार्य जारी रहेको तर टुंगिइनसकेको बताए।