आर्थिक

कोरियन भाषाको रकम ग्लोबल आईएमई बैंकले संकलन गर्ने

काठमाण्डौ । ग्लोबल आइएमई बैंकले विगतका बर्षहरुमा जस्तै इपिएस कोरियन भाषा परिक्षाको परिक्षा शुल्क संकलन सेवा प्रदान गरेको छ । ग्लोबल आइएमई बैंक कोरियन भाषा परिक्षाको परिक्षा शुल्क संकलन गर्ने एकमात्र बैंक हो । बैंकले बुधबारबाट १० दिनसम्म उक्त अभियान सञ्चालन हुने ८ औँ इपिएस कोरियन भाषा परिक्षाको परिक्षा शुल्क पूर्व मेचिदेखि पश्चिम महाकालीसम्म छरिएर रहेका आफ्ना ९४ शाखाहरुबाट संकलन गर्ने व्यवस्था मिलाएको हो ।

अघिल्ला वर्षहरुमा देशका विभिन्न स्थानहरुमा छुट्टै काउण्टर स्थापना गरेर संकलन गर्दै आईएको परिक्षा शुल्क यस वर्ष भने ग्लोबल आइएमई बैंकका सम्पूर्ण शाखाहरुबाट संकलन गर्ने व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।
नेपाल सरकार श्रम मन्त्रालय बैदशिक रोजगार विभाग संगको सहकार्यमा सुरुवात देखि नै ग्लोबल आइएमई बैंकले इपिएस भाषा परिक्षा शुल्क संकलन सेवा प्रदान गर्दै आइरहेको छ । ग्लोबल आइएमई बैंकका देशभर रहेका ९४ वटा शाखाहरु मार्फत परिक्षा शुल्क संकलन गरिएको कारण यसवर्ष सेवाग्राहीहरुले लामो लाईनमा बस्नुपर्ने समस्याबाट छुटकारा पाएका छन् ।