पु.समाचार

मधेसबादी दलहरुमा यसरी हुन्छ आफैं आफैंमा नेता कार्यकर्ता तानातान

बिरगञ्ज । पछिल्लो मधेस आन्दोलनको केन्द्र वीरगन्जमा यतिखेर मधेसकेन्द्रित दलहरू स्थानीयस्तरमा प्रभावशाली व्यक्तिलाई आफूतिर तान्न कस्सिएका छन् । संविधान संशोधनबिना मधेसमा स्थानीय तहको निर्वाचन गर्नै नदिने बताउँदै आएका उनीहरूबीच चुनाव मिति नजिकिँदै गर्दा प्रभावशाली उद्योगी, व्यापारी, गाउँका पूर्वमुखियालाई पार्टी प्रवेश गराउने ‘होडबाजी’ नै चलेको हो ।

आइतबार वीरगन्जभन्दा २० किमि पश्चिममा रहेको पोखरियामा संघीय समाजवादी फोरमका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य विजय सरावगी, पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार, जगदम्बा प्रालिका रमेश अग्रवाललगायत उद्योगीरव्यापारी र सयौं स्थानीयलाई अबिर–माला पहिर्‍याएर पार्टीमा भित्र्याए । कार्यक्रममा उर्लिएको भीड देखेर हौसिएका नेताहरूले आगामी निर्वाचनमा ‘फोरमकै कब्जा हुने’ दाबीसमेत गरे ।

वीरगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्षसमेत रहेका सरावगी वीरगन्ज उपमहानगरपालिकाका मेयरका आकांक्षी रहेको उनीनिकट स्रोतले जनाएको छ । भारतीय नाकाबन्दीका क्रममा नाकामा बसेका धर्नाकारीलाई मेस सञ्चालन गरेका सीमावर्ती रक्सौलका व्यापारी महेश अग्रवालको सरावगीसूग पारिवारिक सम्बन्ध छ । सरावगी पार्टी प्रवेश गर्दा अग्रवालले पनि मञ्चमा आसन ग्रहण गरेका थिए । फोरम अध्यक्ष यादवले अग्रवाललाई मेस सञ्चालन गरेबापत आभार प्रकट गर्दै अंकमाल गरेका थिए । सरावगीले भने मधेस आन्दोलनलाई अझ सशक्त ढंगले अगाडि बढाउन आफू पार्टी प्रवेश गरेको बताए । रौनियार पनि पोखरिया नगरपालिकाको मेयर नत्र संसदीय निर्वाचनका लागि टिकट पक्का गर्न फोरममा प्रवेश गरेको चर्चा छ ।

यसैगरी तराई–मधेस लोकतान्त्रिक पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी ९रामसपा०, सद्भावनालगायतले पनि पार्टी प्रवेशका कार्यक्रमहरू गरिरहेका छन् । तमलोपाले गत शनिबार अलौंमा बृहत् रूपमा गरेको कार्यक्रममा पार्टी प्रवक्ता तथा वीरगन्जका पूर्वमेयर विमलप्रसाद श्रीवास्तवले नवप्रवेशीलाई अबिर र माला लगाइदिएर पार्टीमा भित्र्याएका थिए ।

रामसपाका केन्द्रीय सदस्य राजेशमान सिंहले गत साता वीरगन्जको छपकैयामा ठूलो संख्यालाई पार्टी प्रवेश गराए । झन्डै २ दशकपछि हुन लागेको स्थानीय तह निर्वाचनमा प्रमुख दल कांग्रेस र एमालेमा आकांक्षी धेरै भएकाले टिकट नपाउने आशंकामा अधिकांशले ती दल नै परित्याग गर्ने सम्भावना रहेको राजनीतिक विश्लेषक बताउँछन् । यससँगै मधेसका क्षेत्रीय दलप्रति भावनात्मक आकर्षण पनि देखिएको छ ।

सत्तारूढ कांग्रेस र विपक्षी एमालेले पनि पार्टी प्रवेश र निर्वाचन केन्द्रित कार्यक्रम चलाइरहेकै छन् । कांग्रेस जिल्ला अध्यक्ष अजयकुमार द्विवेदीले तीन दिनअघि वीरगन्ज उपमहानगरपालिका–१४ श्रीपुरमा आयोजित कार्यक्रममा २ सय ५० भन्दा बढीलाई पार्टी प्रवेश गराए ।

यसअघि बुथ सभापति, क्षेत्रीय सभापति लगायतका नेता–कार्यकर्ताको भेला गराई पार्टीको अवस्थाबारे छलफल भएको थियो । एमाले सांसद राजकुमार गुप्ताले पनि पोखरिया नगरपालिका र वीरगन्ज उपमहानगरपालिकामा सक्रिय कार्यकर्ता भेला र प्रशिक्षण थालिएको जानकारी दिए ।

काठमाडौंका वार्ताहरूमा सहमति नजुटिरहेका बेला निर्वाचनमार्फत संविधान कार्यान्वयनको मौका खेर नफाल्न मधेसी मोर्चालाई स्थानीयले सुझाव दिएका छन् । संघीयताको मुद्दा मधेसवादी दलले उठाएको हुँदा त्यसलाई स्थापित गर्न स्थानीय निर्वाचन हुँदै संघीय निर्वाचनसम्म जानुपर्ने उनीहरूको मत छ । मधेसका मधेसवादी दलइतरका नेता–कार्यकर्ता उनीहरूलाई पोहोर सात महिना चलेर निष्कर्षविहीन भएको आन्दोलनबाट पाठ सिक्न सल्लाह दिन्छन् ।

‘सीमांकनको मुद्दा जीवित नै छ, यसपछि हुने संघीय र केन्द्रको निर्वाचन अगाडि त्यसलाई सम्बोधन गर्न सकिन्छ,’ एक मधेसी विश्लेषक भन्छन्, ‘तर त्यसैलाई बहाना बनाएर स्थानीय तहको निर्वाचन हुन नदिनुको औचित्य कसरी पुष्टि हुन्छ रु’ ‘भोट बैंक’लाई जोगाइराख्न सरकारबाट समर्थन फिर्ता लिएर आन्दोलन घोषणालाई मधेस केन्द्रित दलले ‘ब्रह्मास्त्र’ सम्झेका छन् । तर पटक–पटकको आन्दोलनले देशको अन्य भागझैं मधेस केन्द्रित दलको प्रभाव रहेको मधेस पनि प्रताडित छ ।

चुनाव हुने होरहोइन भन्ने अनिश्चितता कायम रहे संवैधानिक संकट आउन सक्ने, हालको गणतन्त्र र संघीयता जस्ता उपलब्धि धरापमा पर्न सक्ने खतरातर्फ विचार गर्न मधेसवादी दललाई सुझाव दिएका छन् । ‘०७४ माघसम्ममा ३ तहको निर्वाचन गर्नुपर्ने संवैधानिक जटिलता छ, आन्दोलनलाई आउने चुनावसम्मै लैजाने मधेसवादीको तयारी देखिन्छ,’ ती विश्लेषकले भने, ‘तर चुनाव नै नहुने वातावरण बनेमा कति दिनसम्म मधेसका जनतालाई आन्दोलनमा होमिराख्ने रु अहिलेकै वातावरण बनिरहे मुलुक ठूलो संवैधानिक जटिलतामा फस्न सक्छ ।’

कान्तिपुर दैनिकका अनुसार प्राप्त उपलब्धिलाई संस्थागत गर्दै जनताको नयाँ म्यान्डेट लिएर संघर्षलाई अगाडि बढाउन स्थानीयले सुझाएका छन् । ‘आ–आफ्ना मुद्दा लिएर जनतामा जाने र आफूलाई स्थापित गर्ने विधिमै सबै दलले विश्वास गर्नुपर्छ,’ नगरदाहाका पूर्वगाविस उपाध्यक्ष सोधा यादवले भने ।