विशेष

सर्बोच्चको निर्णयले जयबहादुर चन्दलाई झड्का, नवराज सिलवाल हिस्स

काठमाण्डौ । सर्बोच्च अदालतले लामो समयको बिाबादलाई अन्त्य गर्दै पुष्पकमल दाहाल सरकारले नेपाल प्रहरीको प्रमुख पद आईजीपीमा डीआईजीपी जयबहादुर चन्दलाई बढुवा गर्ने निर्णय कार्यान्वयन नगर्न फैसला गरेको छ ।

माघ ३० गते गृहमन्त्री तथा उपप्रधानमन्त्री बिमलेन्द्र निधिको सिफारिसमा आईजिपीमा बढुवा भएका जयबहादुर चन्द बिरुद्धमा डीआईजिपी नवराज सिलवारले आफू सिनियर भएको भन्दै रिट निबेदन दिएका थिए । प्रधानन्यायधीष शुसीला कार्की नेतृत्वको पूर्ण ईजलासले कार्य सम्पालदन मूल्याँकनका आधारमा चार जना डीआईजीपी जयबहादुर चन्द, वनवराज सिलवाल, प्रकाश अर्याल र बमबहादुर भण्डारी मध्ये ४ आर्थिक बर्षको कार्यलाई हेर्दै आईजीपी बढुवा गर्न निर्देशन समेत दिएको छ ।

सर्बोच्च अदालतले न नवराज सिलवाललाई आईजीपी बनायो नत जयबहादुर चन्दलाई नै थमौती गर्यो, अब डीआईजीपी प्रकाश अर्यालले आफू १ नम्मर डीआईजीपी भएकोले उक्त पदमा आफू जानुपर्ने भनि दिएको मुद्धाले कार्यान्वयन हुने सम्भाबना बढेको अनुमान राजनीतिक बृतमा लगाईएको छ ।
सर्बोचचले तत्कालका लागी कार्यान्वयन नगर्न दिएको बिगतको आईजीपी बिबाद आजबाट टुङग्याएको छ । अब अर्को बहसमा आईजीपी को हुन्छ त अड्कल गरे पनि ठोकुवा गर्न गाह्रो छ ।
तैपनि आईजीपी भईसकेका जयबहादुर जन्दलाई हिस्स बुढी खिस्स दाँत भएको छ, नवराज सिलवालले पनि पुनः दौडधुपमात्र गर्नुपर्ने हो कि भन्ने देखिएको छ । प्रकाश अर्याल र बमशहादु भण्डारी आईजीपी हुईदैन भनेर ब्याक हटेका भए पनि उनीहरुतिर चिठ्ठा रुपी आईजीपीको पद आउदैन भन्न नसकिने अनुमान लगाईन्छ ।