राजनीति

संसदीय दलको कार्यालय सिंहदरबारमा प्रचण्ड माओबादीको बिबाद यसरी भयो छताछुल्ल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)मा सरकार गठनपछि पार्टी संसदीय दलको बैठक बस्न नसकेको जनाउँदै नियमित गर्न माग गरिएको छ।
माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा आज बिहान बसेको बैठकमा सहभागी सांसदले सरकार गठनपछि दलको बैठक नबसेको भनी आपत्ति जनाएका हुन्।
बैठकमा पार्टी र स्थानीय तहको निर्वाचन र संसद् चालु अधिवेशनका विषयमा सातै प्रदेशका प्रदेश संयोजकले आआफ्ना धारणा राखेका थिए। संसदीय दलका प्रमुख सचेतक टेकबहादुर बस्नेतले पार्टीभित्र देखिएका समस्या, चुनौती, साङ्गठनिक अवस्थाका बारेमा बैठकमा छलफल भएको जानकारी दिए।
उनका अनुसार पार्टी सरकारमा गएपछि दलको बैठक बस्न नसकेको प्रति सांसदहरुले विरोध गरेका थिए। पछिल्लो सरकार गठनपछि बसेको यो नै पहिलो बैठक हो । बैठक नियमित गर्न पनि उनीहरुले माग गरेका छन्।
प्रमुख सचेतकका अनुसार प्रधानमन्त्री चीन जाने विषयमा पनि छलफल भएको थियो । दलको बैठक बिहीबार बिहान ८ बजे बस्ने गरी स्थगन भएको छ । रासस