पु.समाचार

यसकारण भएको थियो राप्रपा कार्यकर्ता र प्रहरीबीच एक्कासि झडप !

काठमाडौं । निर्वाचन आयोगले आफ्नो पार्टीको विधानबाट हिन्दु राष्ट्र र राजसंस्था हटाएको विरोधमा धर्ना दिन सोमबार आयोग कार्यालय बहादुरभवन पुगेका राप्रपा कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।  झडपमा पार्टीका पूर्वअध्यक्ष पशुपतिशम्शेर राणासहित दर्जन नेता-कार्यकर्ता घाइते भएका छन् । सो पार्टीले भने दुईदर्जन भन्दा बढि नेता तथा कार्यकर्ता घाईते भएको दावी गरेको छ। घटनामा केही सुरक्षाकर्मीलाई समेत सामान्य चोट लागेको छ ।

मंगलबारको अन्नपूर्णमा लेखिएको छ, पूर्वनिर्धारित कार्यक्रमअनुसार रत्नपार्कमा भेला भएर विभिन्न नारा लगाउँदै राप्रपाको जुलुस बहादुरभवनतर्फ बढेको थियो । ‘निर्वाचन आयोगको निर्णय खारेज गर, हिन्दु राष्ट्र कायम गर, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’ जस्ता नारा लगाउँदै अगाडि बढेको जुलुसलाई प्रहरीले निर्वाचन आयोगको मूलढोकाभन्दा अलि परै रोकेको थियो । सहभागीको संख्या उल्लेख्य रहेका कारण प्रहरी र राप्रपाका कार्यकर्ताबीच ठेलमठेल भएको थियो।

राप्रपा कार्यकर्ता प्रहरीलाई धकेल्दै अगाडि बढ्न खोजेपछि प्रहरीले लाठीचार्ज गर्यो लाठीचार्ज भएपछि प्रदर्शनकारीले प्रहरीमाथि इँटा प्रहार गर्न थाले । यसक्रममा प्रहरीले पाँच सेल अ श्रुग्यास प्रहार गर्यो । त्यसपछि प्रहरीले रोेकेको ठाउँमै नेता-कार्यकर्ताले धर्ना दिए । धर्नामा राप्रपा अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापा, आपूर्तिमन्त्री दीपक बोहोरालगायत पार्टीकानेता सहभागी थिए ।

यस अघि जुलुसको नेतृत्व पार्टीका पूर्वअध्यक्ष राणाले गरेका थिए । एक घन्टा धर्नापछि समापन कार्यक्रममा बोल्दै राणाले आन्दोलन नरोकिने चेतावनी दिए । ‘निर्वाचन आयोगकै अगाडि प्रहरीसँगको झडपमा राष्ट्रवादी कार्यकर्ताले रगत बगाएका छन् । यो रगतले हिन्दु राष्ट्र बनाउन अझै धेरै शक्ति प्रदान गरेको छ’, उनले भने । राणाले कुनै पनि हालतमा हिन्दु राष्ट्र स्थापना गरेरै छोड्ने दाबी गरे । ‘यो हाम्रो आन्दोलन सुरुवात मात्रै हो । कुनै पनि हालतमा हिन्दु राष्ट्र स्थापना गरेरै छोड्छौं । कसैले रोक्न सक्दैन’, उनले भने । जबराले आफ्नो पार्टीको शान्तिपूर्ण कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको भन्दै कडा विरोध जनाए ।

यसैबीच राप्रपाले शान्तिपूर्ण धर्नामा भएको प्रहरी हस्तक्षेपको निन्दा र भत्र्सना गरेको छ । पार्टी प्रवक्ता भुवन पाठकले सोमबार जारी गरेको विज्ञप्तिमा हस्तक्षेपलाई सरकारी दमन नभनी प्रहरी दमन भनिएको छ । धर्नापछि आयोगको निर्णय सच्याउन माग गर्दै पार्टी अध्यक्ष थापा र नेता राणाले प्रमुख निर्वाचन आयुक्तलाई ज्ञापनपत्र बुझाएका छन् ज्ञापन पत्रमा निर्वाचन आयोगले आफ्नो पार्टीको बिधानबाट हिन्दु राष्ट्र र संबैधानिक राजसंस्था हटाउनलाई नेपालको संविधानको धारा २७२ को उल्लंघन भएको भन्दै त्यसलाई सच्याउन माग गरिएको छ।

नयाँ संविधानले आफ्ने बिचार र दर्शनको प्रचार प्रसार गर्न पाउने संवैधानिक हक रहेको भन्दै सो निर्णय सविधानको स्थापित मान्यता बिपरित रहेको ज्ञापन पत्रमा उल्लेख छ।  जबराले आफ्नो पार्टीको शान्तिपूर्ण कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको भन्दै कडा विरोध जनाए ।

यसैबीच, राप्रपाले शान्तिपूर्ण धर्नामा भएको प्रहरी हस्तक्षेपको निन्दा र भत्र्सना गरेको छ । पार्टी प्रवक्ता भुवन पाठकले सोमबार जारी गरेको विज्ञप्तिमा हस्तक्षेपलाई सरकारी दमन नभनी प्रहरी दमन भनिएको छ ।

धर्नापछि आयोगको निर्णय सच्याउन माग गर्दै पार्टी अध्यक्ष थापा र नेता राणाले प्रमुख निर्वाचन आयुक्तलाई ज्ञापनपत्र बुझाएका छन् ज्ञापन पत्रमा निर्वाचन आयोगले आफ्नो पार्टीको बिधानबाट हिन्दु राष्ट्र र संबैधानिक राजसंस्था हटाउनलाई नेपालको संविधानको धारा २७२ को उल्लंघन भएको भन्दै त्यसलाई सच्याउन माग गरिएको छ।

नयाँ संविधानले आफ्ने बिचार र दर्शनको प्रचार प्रसार गर्न पाउने संवैधानिक हक रहेको भन्दै सो निर्णय सविधानको स्थापित मान्यता बिपरित रहेको ज्ञापन पत्रमा उल्लेख छ।