आर्थिक

शेखर गोल्छाले गरे उम्मेद्धारी घोषणा

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आगामी आसन्न निर्वाचनका लागि शेखर गोल्छाले बरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी दिएका छन् । अहिलको कार्यकालमा एसोसिएटस् तर्फका उपाध्यक्ष रहेका गोल्छाले आइतबा औपचारिकरुपमा आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन् ।

बुटवल उद्योग वाणिज्य संघले आयोजना गरेको गोल्छाको उम्मेद्वारी घोषणासभामा ३ सयभन्दा बढी व्यवसयाहरु उपस्थित रहेका थिए । गोल्छालाई समर्थन जनाउँदै देशभरबाट ५५ जिल्लाका उद्योग वाणिज्य संघका पदाधिकारीहरु उम्मेद्वारी घोषणासभामा उपस्थित भएका थिए ।

गोल्छाको उम्मेद्वारीलाई समर्थन जनाउँदै महासंघका वर्तमान अध्यक्ष पशुपति मुरारका, बरिष्ठ उपाध्यक्ष भवानी राणा र चण्डीराज ढकाल,रविभक्त श्रेष्ठ लगायतका व्यवसायीहहरुले उनलाई समर्थन गरेका छन् ।