समाचार

अब स्थानीय निकायबाट यी सुविधाहरु प्राप्त हुँदैछन् (हेर्नुहोस् तालिकासहित)

काठमाण्डौ । स्थानीय विकास मन्त्रालयले भर्खरै देशभर नयाँ संरचनात्मक ढाँचामा गाउँपालिका र नगरपालिकाहरुको घोषणा गरेको छ । सरकारको यो घोषणा र कार्यान्वयनसँगै मुलुकमा अब नयाँ संघीय ढाँचा अनुसारको स्थानीय तह निर्माण भएको छ । मुलुकको नयाँ संरचनाअनुुसार स्थानीय तह निर्माण भएपछि जनताले पाउने सुविधाहरुका विषयमा समेत बहस भैरहेका छन् ।

पूरानो संरचनामा रहेको गाउँ विकास समितिलाई गाभेर निर्माण गरिएका गाउँपालिकाहरु स्वाभाविक रुपमा क्षेत्रफलका हिसावले निकै ठुला भएका छन् । यो देशैभरको भौगोलिक स्थितिले निर्धारण गरेको कुरा हो । करिब ४ देखि ६ वटा गाविस मिलेर एउटा गाउँपालिका निर्माण भएको छ । पुरानो संरचनाका नगरपालिका र उपमहानगरपालिकाहरु महानगरपालिकामा परिणत भएका छन् ।

संरचनामा व्यापक फेरबदल त आएको छ, तर जनताले पाउने सुविधामा चाहि कति परिवर्तन भए त ? यो विषयमा पनि सरकारले एउटा नयाँ ढाँचा तयार गरेको छ । अब सरकारले स्थानीय गाउँपालिकामार्फत जनतालाई न्यायदेखि व्यापार–व्यावसाय सम्मका कुराहरुमा निकै धेरै सुविधाहरु प्रदान गरेको छ ।

त्यसैले, हामीले यो पटक स्थानीय गाउँपालिकामार्फत जनताले प्राप्त गर्ने सुविधाहरुको ढाँचालाई यहाँ संक्षिप्त रुपमा प्रस्तुत गरेका छौ । यो सुविधा स्थानीय वडा कार्यालयबाट प्राप्त हुन सक्छ ।
अब सरकारले स्थानीय तहमा यी सुविधाहरु दिएको छः
-नाता प्रमाणित
-नागरिकता र प्रतिलिपी सिफारिस
-घर बहाल कर र सिफारिस
-मोही लगत कत्ता सिफारिस
-घर जग्गा कर
-जन्ममिती प्रमाणिात
-ब्यापार व्यावसा खोलेको बन्द गरेको

-मिलापत्र
-बिबाहित अविवाहित
-निस्शुल्क उपचार सिफारिस
-अङ्ग्रेजी भाषामा सिफारिस
-घर जग्गा प्रमाणिात
-व्यक्तिगत
-घरपुर्जा
-पुर्जा हराएमा
-कित्ताकट सिफारिस
-मृत्युदर्ता, हकदार नाम्सारी
-उद्योग नाम्सारी, ठाँउ सारी
-पुर्व प्राथमिक बिधालय खोल्ने सिफारिस
-जग्गा, धितो मुल्यांकन
-विद्यालयको कक्षा थाप्ने
-पोषण सम्बन्धि
-वैवाहित अंगिकृत सिफारिस
-नामथर जन्म मिति सम्सोधन
-गरिब, बिपन्न प्रमाणित
-विद्यालय ठाउँ सारी
-धारा, विद्युत र ढल जडान
-अन्य पुर्णअधिकार,
अब वडा कार्यकालमा पाइने सुबिधाहरु
-नाता प्रमाणित
-नागरिकता र प्रतिलिपी सिफारिस
-घर बहाल कर र सिफारिस
-मोही लगत कत्ता सिफारिस
-घर जग्गा कर
-जन्ममिती प्रमाणित
-व्यापार व्यावसाय खोलेको बन्द गरेको
-मिलापत्र
-बिबाहित अविवाहित
-निःशुल्क उपचार सिफारिस
-अङ्ग्रेजी भाषामा सिफारिस
-घर जग्गा प्रमाणिात
-व्यक्तिगत
-घरपुर्जा
-पुर्जा हराएमा
-कित्ताकट सिफारिस
-मृत्युदर्ता, हकदार नाम्सारी
-उद्योग नामसारी, ठाँउ सारी
-पूर्व प्राथमिक विद्यालय खोल्ने सिफारिस
-जग्गा, धितो मुल्यांकन
-विद्यालयको कक्षा थाप्ने
-पोषण सम्बन्धि
-वैवाहित अंगिकृत सिफारिस
-नामथर जन्म मिति संशोधन
-गरिब, बिपन्न प्रमाणित

-विद्यालय ठाउँ सारी
-धारा, विद्युत र ढल जडान