पु.समाचार

नेपाली सेनाले अमेरिकी सेनासंग यसरी तालिम लिदै

काठमाण्डौ । नेपाली सेना र अमेरिकी सेनाको Pacific Command (USPACOM)को सह-आयोजनामा मिति सोमबार देखि गतेसम्म काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा ‘अभ्यास शान्ति प्रयास –३’ संचालन हुने कार्यक्रम रहेको छ ।

उक्त अभ्यासमा नेपाल सहित विभिन्न २८ राष्ट्रका करिव एक हजार २४ जना सैनिकहरुले सहभागिता जनाउदै छन् । सो तालिमको प्रमुख लक्ष्य शान्ति स्थापना कार्यको लागि मिशन ईलाकामा तैनाथ हुनु पूर्व संयुक्त राष्ट्रसंघको बहुराष्ट्रिय वातावरणमा एक–आपसमा सहकार्य गर्ने र शान्ति स्थापना कार्य गर्ने क्षमतामा अभिबृद्धि ल्याउनु रहेको छ ।

उक्त अभ्यासको सिलसिलामा United States Pacific Command (USPACOM) का कमाण्डर Admiral Harry B. Harris JR., USN सोमबार नेपाल आएका छन् उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बलाध्यक्ष रथी श्री पूर्णचन्द्र थापाले स्वागत गरेका थिए ।

यस प्रकारको बहुराष्ट्रिय सेना सम्मिलित अभ्यासबाट छिमेकी मित्रराष्ट्रहरु बीचको सैनिक सम्बन्धलाई अझ सुमधुर एवम् बृहत्तर पार्न मद्दत पुग्नुको साथै विश्व शान्ति स्थापना कार्यको लागि समेत थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएका कुरा शैनिक जनसम्पर्क निर्देशनालयको बिज्ञप्तिमा उल्लेख छ ।