समाचार

डा.पोख्रेलको अध्यक्षतामा बराह नगरपालीका समाज गठन

सुर्यखबर संबाददाता,

काठमाण्डौ । सुनसरीको बराह नगरपालीका समाजले काठमाण्डौमा शनिबार एक बृहत कार्यक्रम गरेको छ । नेपाल सरकारले केहिदिन अगाडीमात्र महेन्द्रनगर, प्रकासपुर, मधुवन, बराहक्षेत्र, भरौल गरी पांच वटा गाबिस  मिलाएर एउटा नगरपालीका घोषणा गरेपछि उक्त क्षेत्रबाट काठमाण्डौमा आई बसोबास गर्नुहुने माहानुभाबहरुलाई भेटघाट केन्द्र निर्माण गर्ने, उक्त क्षेत्रको समग्र बिकासका लागी आवश्यक पहल गर्ने उद्येश्यले गठन गरिएको उक्त स्थानका गन्नेमान्ने ब्यक्तीहरुको उल्लेख्य उपस्थीतिमा प्रा.डा.भद्र पोख्रेलको अध्यक्षतामा तदर्थ समिति समेत गठन गरिएको छ ।

नेपाल सरकार गृहमन्त्रालयका सहसचिब दिनेश भट्टराई, इन्जिनियर योगेश भट्टराई, उद्योगपती रेवतीरमण दुलाल, समाजसेवी उपेन्द्रबहादुर कटवाल, ब्यावशायी नन्दराज पोख्रेल, समाजसेवी बिदुरप्रसाद घिमिरे, शिब श्रेष्ठ, किशेरकुमार कोईराला लगायातका  शैक्षिक, स्वास्थ्य, उद्योगी घरानाका लब्धप्रतिष्ठीत ब्यक्तीहरुको बाक्लो उपस्थिति थियो । नयाँ बोश्वर स्थीत मसला कटेजमा गरिएको कार्यक्रमको हल खचाखच देखिन्थ्यो ।

तदर्थ समितिको माहासचिबमा बाबुराम आचार्य, सचिबमा मेघराज बजगांई ‘सूरज’, कोशाध्यक्षमा भिम कटवाल रहेका छन् । सदस्यहरुमा पीताम्बर पोख्रेल, रुद्रराज पाण्डे, कृष्णचन्द्र बस्नेत, रोशन डाँगी, रमेश आचार्य, रमेश बिष्ट, रोशन श्रेष्ठ, टीका सुबेदी, शुशील सुबेदी, खिलराज पोख्रेल, केदारबन्धु कोईराला, डी.बी थापा, कमला ठकुरी, शुशील सुबेदी, राधिका कटवाल, बीना पौडेल, कला घिमिरे लगायतको पाँचैवटा क्षेत्रबाट प्रतिनिधित्व गर्ने गरी कमिटि गठन गरिएको जनाईएको छ ।

नबगठीत संस्था गैरराजनीतिक र गैरनाफामूलक हुने भन्दै उक्त क्षेत्रको समग्र बिकासका कार्यमा संस्थामार्फत आफूहरुले दत्तचित्त भएर काम गर्ने अध्यक्ष डा. पोख्रेलले बताउनुभयो । डा.पोख्रेल गोल्डेनगेट ईन्टरनेशनल कलेजका फाउण्डर प्रिन्सिपल, पुल्चोक ईन्जिनियर कलेजका प्राध्यापक तथा बरिष्ठ समाजसेवी समेत हुनुहुन्छ ।

संस्थालाई मूर्त रुपदिन आवश्यक्ता महशुस गरि पीताम्बर पोख्रेलको सिंयोजकत्वमा कृष्णचन्द्र बस्नेत र रोशन डाँगी सदस्य रहनेगरी ३ सदस्यीय बिधान मस्यौदा समिति समेत गठन गरिएको उक्त संस्थाका सचिब मेघराज बजगाईले बताए ।

बजगाईका अनुसार सबैक्षेत्रलाई समेट्न सकिनेगरी अझै छलफल गर्न सकिनेछ ।