राजनीति

निर्वाचन रोक्ने षडयन्त्रमा सरकार लागेको ओलीको आरोप

सुर्खेत । एमाले अध्यक्ष केपी शर्मा आलीले संविधान संसोधनको निहुँ बनाएर निर्वाचन रोक्ने षड्यन्त्रमा सरकार लागेको आरोप लगाएका छन् । आइतबारको नागरिकमा लेखिएको छ, बैशाख ३१ गते तोकिएको स्थानीय तहको निर्वाचन रोक्ने षड्यन्त्र भए एमालेले कडा कदम चाल्ने पनि उनले बताएका छन् ।

‘एमालेको जनलहर देखेर सत्ता साझेदार दल डराएर निर्वाचनदेखि भाग्न खोज्दैछन्’ मेची महाकाली अभियानको सुर्खेतमा समापन गर्दै ओलीले भने ‘हामी भाग्न दिँदैनौं, चुनाव गराएरै छाड्छौं ।’