खेलकुद

शनिबार किङ खान इन्डोर हक्की प्रतियोगिता हुँदै

काठमाण्डौ । नेपाल हक्की संघ र काठमाडौं हक्की क्लबको संयुक्त आयोजनामा दोश्रो किङ खान–नेपाल इन्डोर हक्की प्रतियोगिता शनिबार सुरु हुँदैछ । प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन दुबईको किङ खानसहित ८ पुरुष टिमको सहभागिता रहने आयोजक मध्येको एक क्लबका अध्यक्ष राजेन्द्र पाठकले जनाएका छन् ।

सहभागी हुने अन्य टिममा सुदूरपश्चिमाञ्चलको हेल्प क्लब र महेन्द्र युनाइटेड, द जनकपुर क्लब, पोखरा हक्की क्लब, नेपाल आर्मी क्लब, वीरगन्ज हक्की क्लब तथा मकवानपुर हक्की क्लब रहेका छन् ।

लिग कम नकआउट आधारमा हुने एकदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ ।