राजनीति

हिन्दू धर्म र राजतन्त्र हटाएकोमा कमल थापा आक्रमक, यसरी दिए बिद्रोह गर्ने धम्की

काठमाण्डौ । उपप्रधान तथा स्थानीय बिकास मन्त्री समेत रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बिद्रोह गर्ने चेतावनी दिएका छन् । पुष्पकमल दाहालका प्रमुख शक्तीशाली मन्त्रीको रुपमा केहिदिनअघिमात्र सपथ लिएका थापाले उनको पार्टी राप्रपाको बिधानबाट निर्बाचन आयोगले राजतन्त्र र हिन्दू धर्म भिकेपछि उक्त कडा अभिब्यक्ती दिएका हुन् ।

निर्बाचन आयोगमा राप्रपा र राप्रपा नेपालको एकीकरणपछि बुझाईएको राप्रपाको बिधानमा धार्मीक स्वतन्त्रता सहितको सनातन हिन्दू राष्ट्र र राजसंस्था स्थापीत गर्ने शब्द राखिएकोमा निर्बाचन आयोगले उक्त बाक्याँस नेपालको घोषणा गरिएको संबिधान अनुसार नभएको कारण देखाउदै हटाएपछि निर्बाचन आयोगको कदमप्रति प्रहार गर्दै उपप्रधानमन्त्री थापाले बिद्रोह गर्ने चेतावनी दिएका छन् ।

शक्तीशाली उपप्रधानमन्त्री भएका बेला बिद्रोहको धम्की दिनु कत्तिको युक्तिसंगत हुन्छ त्यो राजनीतिक बृतमा बिश्लेशण होला नै तर यंहा सामाजीक संजालमा बिरोध र समर्थन गर्ने बुद्धिजिवीहरुको ओईरो लाग्न थालेको छ । यसमा पत्रकार बलराम बानियाँले तीखो प्रहार गरेका छन् । उनले प्रश्न साध्दै भनेका छन्

यस्तै परराष्ट्बिद मधुरमण आचार्यले निर्बाचन आयोगले बिाधाको उक्त धारा हटाउने नमिल्ने भन्दै निर्बाचन आयोप्रति नै प्रश्न सोधेका छन् आचार्यको ट्वी छ

राप्रपा अध्यक्ष थापाले झण्डै ४ घण्टामा ७ वटा ट्वीट तथा फेसबुक स्टाटस लेखेका छन् । एउटामा भने बिद्रोह गर्ने चेतावनी छ । थापाको बिद्रोह थर्ने स्टाटस

यस्तै कमल थापासंग पार्टी मिलेपछि अध्यक्षमा निर्बाचन लडेका प्रदीपबिक्रम राणाले उक्त कदमले राप्रपाको एजेण्डा समाप्त भएको बताएका छन् । राणाले एजेण्डा समाप्त भएकोले उक्त प्रश्नको जवाफ दिन उपप्रधानमनत्री समेत रहेका थापा नै दाषी भएको दाबी गरेका छन् । राप्रपा प्रवक्ता शुसील कुमार श्रेष्ठले भने आफूहरुलाई राजसंस्था र हिन्दू धर्म हटाएको औपचारिक जानकारी नआएको र उक्त कदम सहि भए कानुनी उपचारका लागि अदालत जाने बताएका छन् । शनिबार राजधानीमा उपलब्ध राप्रपाका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको बैठक बस्न बताईएको छ र उक्त बैठकले नै पार्टीको औपचारिक निर्णय गर्ने स्रोतको छ ।