खेलकुद

कीर्तिपुर खेल मैदानमा सुपर एट क्रिकेट प्रतियोगिता हुँदै

काठमाडौं । काठमाण्डौमा प्रथम सुपर– एट क्रिकेट प्रतियोगिता हुने भएको छ । खुकुरी इन्टरटेन्मेन्ट र देवीवास इभेन्ट्स एन्ड मिडिया प्रा.लि. को संयुक्त आयोजनामा सो प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिता आगामी चैत १५ गतेदेखि १९ गतेसम्म हुने भएको जनाइएको छ ।  २० टिम सहभागी प्रतियोगिता त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सञ्चालन गरिनेछ । सहभागी टोलीलाई पाँच समूहमा विभाजन गरेर लिग कम नकआउटका आधारमा प्रतियोगितामा हुनेछ ।

फाइनल जित्ने छिटमले ट्रफीसहित एक लाख र उपविजेताले ५० हजार रुपैयाँ पाउनेछन । यसैगरी, उत्कृष्ट खेलाडीलाई २० हजार तथा उत्कृष्ट ब्याट्सम्यान र बलरलाई जनही दस हजार रुपैयाँ प्रदान गरिनेछ ।