पु.समाचार

आजदेखि एसइई परीक्षा सुरु, ५ लाख ३८ हजार विद्यार्थी सहभागी

काठमाण्डौ । बिहीबार एसएलसीको रुपान्तरित माध्यामिक शिक्षा परीक्षा सुरु भएको छ । शुरुमा आज अंग्रजी विषयको परीक्षा हुँदैछ । यसअघि एसएलसीको रुपमा लिइने यो परीक्षामा यसपटक ५ लाख ३८ हजार १ सय ८२ जना विद्याथीहरु सहभागी भैरहेका छन् । जसमा २ लाख ५९ हजार ७ सय ३२ छात्र र २ लाख ७८ हजार ४ सय ५० छात्रा रहेको जनाइएको छ ।

देशभर परीक्षाका लागि १ हजार ९ सय २३ केन्द्र निर्धारण गरिएको छन्, जसमा काठमाण्डौमा सबैभन्दा बढी केन्द्र तोकिएको जनाइएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाए अनुसार काठमाण्डौमा ९६ वटा केन्द्र तोकिएको छ भने मनाङ र मुस्ताङमा सबैभन्दा कम १–१ वटा केन्द्र तोकिएको जनाइएको छ ।

यसअघि नयाँ संरचना अनुसार राष्ट्रिय परीक्षा बोर्डले परीक्षा लिने तयारी भएको भएतापनि समय अभावका कारण यो पटक भने पूरानै संरचना अर्थात परीक्षा नियन्त्रण कार्यालयबाटै परीक्षा सञ्चालन भैरहेको जनाइएको छ ।

पनिकाका अनुसार परीक्षाका लागि १ हजार ९ सय २३ केन्द्राध्यक्ष, २ हजार ६ सय ४६ जना सहायक केन्द्राध्यक्ष, २२ हजार ४ सय ६१ निरिक्षक र अन्य जनशक्ति गरेर ६७ हजार ५ सय ९१ जना खटाइएको जनाइएको छ ।