समाचार

एसइई परीक्षामा चिट चोर्ने र चोराउनेलाई यस्तो कार्वाहीको तयारी

काठमाडौं । माध्यमिक शिक्षा परिषद कक्षा १० (एसइई) को परिक्षामा चिट चोर्ने(चोराउनेलाई, ठाउँको(ठाउँमै कारबाही गरिने भएको छ ।
यसअघि एसएलसी परीक्षाको नाममा सञ्चालित परीक्षा यसपटकदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) का नाममा हुन लागेको हो ।

बिहीबारको नागरिकमा लेखिएको छ, परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले यस बर्षको परीक्षा व्यवस्थित बनाउन तीन वटा अनुगमन समिति गठन गरिएको बताए । आजबाट सुरु हुने एसइई परीक्षाको प्रक्रिया लेटर गेटिङ प्रणालीमा हुनेछ ।