राजनीति

हिन्दू धर्मको एजेण्डामा भोट माग्न कार्यकर्ताहरुलाई कमल थापाको निर्देशन

काठमाण्डौ । राप्रपाका अध्यक्ष समेत रहेका उपप्रधान एबम् स्थानीय बिकास मन्त्री कमल थापाले कुनैपनि बाहनामा स्थानीय निकायको निर्बाचन नरोकिने बताएका छन् ।

पार्टीका अगुवा नेता कार्यकर्ताहरुलाई प्रशिक्षण दिदै अब स्थानीय निकायको निर्बाचन मधेसी मोर्चा वा कुनैपनि बाहनामा नरोकिने हुंदा यसमा ब्यापक सहभागीता अपनाएर तेस्रो ठूलो शक्ती निर्माणमा लाग्न निर्देशन दिएका छन् ।

हिन्दू धर्मको एजेण्डामा आफूहरु निर्बाचनमा जाँदा जनताले चाहेको पुरा हुने भन्दै उक्त नारालाई केन्द्रमा राखेर निर्बाचनमा खटिन आग्रह थापाले गरेका छन् ।

राप्रपा र राप्रपा नेपालको एकीकरणपछि हुन लागेको राप्रपाको चैत्र १० गतेपछिको निर्बाचन अभियानका लागि आज काठमाण्डौमा गरिएको पार्टीको कार्यक्रममा उक्त निर्देशन दिएका हुन् ।

डा. प्रकाशचन्द्र लोहनीले भने पत्रकार सम्मेलन गरेरै पार्टी छाडेका छन् ।