राजनीति

संघीय समाजबादीको सरकारलाई दिएको समर्थन फिर्ताले दाहाल सरकार थप धरापमा

काठमाण्डौ । संसदमा १५ साँसदको प्रतिनिध्त्वि गर्ने दल संघीय समाजबादी फोरम नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पुष्पकमल दाहालको सरकारलाई मधेसी मोर्चाका तर्फबाट संयुक्त रुपमा सरकारलाई समर्थन गरेको भएपनि बुधबार संघीय समाजबादीले एक्लै फिर्ता लिएको छ ।

फोरम नेपालका प्रंमुख सचेतक शीबजी यादबले संसदीय दलका नेता अशोक राईले हस्ताक्षर गरेको समर्थन फिर्ताको कागज सभामुख ओनसरी घर्तीलाई बुझाएका थिए ।

फोम नेपालले समर्थन फिर्ता लिएपछि अब अरु मधेसी मोर्चामा आबद्ध दलहरुले पनि बिस्तारै समर्थन फिर्ता लिने बताईएके छ । मोरम नेपालको सरकारको समर्थन फिर्ताले पुष्पकमल दाहाल सरकार थप धरापमा परेको अनुमान लगाईएको छ ।