राजनीति

प्रहरीको खोजीमा रहेका फरार अभियुक्त ढुंगेललाई अभिनन्दन !

काठमाडौं । सर्वोच्च अदालतबाट ज्यानमुद्दामा जन्मकैदको फैसला सुनाइएका र नेपाल प्रहरीको नजरमा फरार अभियुक्त माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई ओखलढुंगाका विभिन्न पार्टी र संघ संस्थाले सार्वजनिक अभिनन्दन गरेका छन् ।

नयाँ संरचनाअनुसारको रामेछापको लिखु गाउँपालिकाको ढाडे भन्ने स्थानमा आइतबार ढुंगेललाई ताम्रपत्रसहित सम्मान गरिएको हो । मंगलबारको नागरिकमा लेखिएको छ, सर्वोच्च अदालतले आफ्नो फैसला कार्यान्वयन नभएको भन्दै पक्राउ गरी कानुनी दायरमा ल्याउन पटक पटक ताकेतापत्र लेखिरहेको समयमा ज्यानमुद्दाका दोषीलाई नागरिक अभिनन्दन गरिएको हो ।