राजनीति

यसकारण तत्काल भारत जान लागे गृहमन्त्री निधि

बिमलेन्द्र निधी

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि तीनदिने भारत भ्रमणका लागि सोमबार भारत जनुहुने भएको छ । इण्डिया फाउन्डेसनले आयोजना गर्ने आतंकवाद प्रतिवादसम्बन्धी तेस्रो सम्मेलनमा भाग लिन उहाँ त्यसतर्फ जान लाग्नुभएको हो ।

भारतमा निधिले धारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह, भाजपाका अध्यक्ष अमित शाह, सोनिया गान्धी, राहुल गान्धीलगायतसँग भेट गर्नुहुने छ ।

सोमबारको नेपाल समाचारपत्रमा लेखिएको छ, निधिले नेपालको पछिल्लो राजनीतिक अवस्थाको बारेमा भारतीय नेताहरुसँग कुराकानी गर्नुहुने उहाँका प्रस संयोजक रामजी दाहालले जानकारी दिनुभयो ।