राजनीति

डा.लोहनीको राप्रपा परित्यागले कमल थापाको अवशरबादी चरित्रमा धक्का, उपप्रधानमन्त्री समेत गुम्ने

काठमाण्डौ । केहि महिना अगाडिमात्र एकीकरण भएको राप्रपा र राप्रपा नेपाल पुन फुटेको छ । राष्ट्रय प्रजातन्त्र पार्टी र राप्रपा नेपालबीच केहि मािना अगाडि एकीकरण भएर अधिवेशन समेत सम्पन्न भएको थियो ।

अधिवेशनपछि राप्रपाको अध्यक्षमा कमल थापा निर्बाचित भएका थिए । राप्रपाको एकीकरणपछिको अधिवेशनमा पूर्ब अर्थमन्त्री समेत रहेका डा.प्रकाशचनद्र लोहनी अध्यक्षमा कमल थापासंग लड्ने भनिएपनि अन्तिम अवस्थामा हात झिकेका थिए । डा.लोहनीले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको उपप्रधान तथा स्थानीयबिकास मन्त्रीको सपथ समेत खाईसकेका अध्यक्ष कमल थापालाई जानकारी गराईसकेको स्रोतको दाबी छ ।

हाली पर्व नै भएपनि अहिले केहीबेरमा डा.लोहनीले पत्रकार सम्मेलन गरेर पार्टी किन छाड्ने भन्ने जानकारी दिने बताएका छन् । २५ बर्षबाट राप्रपामा संलग्न भएपनि पार्टी छाड्नुपर्दा आफूलाइ दुःख लागेपनि कमल थापाको अलोकतान्त्रीक र सम्झौताको बिरुद्धमा काम गर्ने परिपार्टीले आफूलाई काम गर्ने वातावरण नभएको कारण पार्टी छाड्नुपरेको बताएका छन् ।

पहिले हलो चिन्ह राख्नुपर्ने माग गर्दै आएका डा.लोहनीले सम्झौता अनुसार अगाडी नहिँडेको आरेप लगाएका छन् । डा. लोहनी चुप लागेर बस्ने नेता नभएकोले उनले आफ्नै अध्यक्षतामा रुष्ट र उनका बिश्वासिला मित्रहरुको समूहको अर्को पार्टी गठन गर्ने सम्भाबना रहेको राप्रपा स्रोतको दाबी छ ।