पु.समाचार

आज देशभर होली पर्व मनाइदै, जबर्जस्ती रङ दल्नेलाई प्रहरीले कडा कार्वाही गर्ने

काठमाण्डौ । आइतबार रङहरुको पर्व होली विशेष हर्सोल्लासका साथ देशभर मनाइदैछ । हरेक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्व आज विशेष हर्षोल्लासका साथ मनाइन थालिएको हो ।  आइतबार पहाडे समुदायबीच विशेष हर्षोल्लासका साथ होली मनाइदैछ भने सोमबार तराईमा होली मनाइदैछ । वसन्त ऋतुको आगमनसँगै सुरु हुने यो पर्व काठमाण्डौको वसन्तपुरमा चीर ठड्याएपछि विशेष रुपमा सुरु हुन्छ ।

आपसमा रङ र अबिर दलेर खुसी साटासाट गर्दै यो पर्व बेग्लै धार्मिक र सांस्कृति र सामाजि महत्व छ । यसैबीच प्रहरीले होली मनाउने क्रममा मापसे सेवन गर्नेहरुलाई विशेष निगारानी गरिरहेको छ । निगारानीका लागि हनुमान ढोका प्रहरी परिसरबाट १ हजार प्रहरी खटाएको एसएसपी छबिराज जोशीले बताएका छन् । यसका लागि सादा पोसाकमा समेत प्रहरीहरु खटाएको जनाइएको छ । १ सय ७ वटा चेकिङ र पिकेट राखिएको जनाइएको छ । आजै विवाहको लगन पनि परेकोले प्रहरी होली पर्वलाई मर्यादित बनाउने कार्यमा तल्लीन रहेको महानगरीय प्रहरी प्रभाग श्रोतले जनाएको छ ।