पु.समाचार

सच्चा सहिद गौबिन्द गौतमको शबयात्रामा सर्बसाधारणको भीड लाग्न थाल्यो

काठमाण्डौ । भारतीय सीमा प्रहरी एसएसबीको गोली प्रहारबाट मृत्यु भएका कंचनपुर निवासी गोबिन्द गौतमलाई सरकारले सहिद घोषणा गरेको छ । बिगतमा सरकारले घोषणा गरिएका सहिद भन्दा माथी हुनुपर्ने माग पनि बुद्धीजिबीहरुले नउठाएका होईनन् तर सरकारले तत्कालका लागी स्व. गौतमलाई सहिद घोषणासहित १० लाख रुपैयाँ क्षतिपूर्ति  र  उनका छोराछोरीलाई पठनपाठनमा सहयोग गर्ने निर्णय गरेको छ ।

आज काठमाण्डौमा होली पर्व भब्य रुपमा मनाईरहेका बेला सेती अञ्चल अस्पतालमा शब राखिएक गोबिन्द गौतमलाई नेपाली सेनाको ११ तोपको राष्ट्रिय सम्मान सहित शबयात्रा गरेर राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी गरिने सरकारले निर्णय गरिसकेको छ ।

घटना घटेपछि  प्रधानमन्त्री पुष्पकमल दाहालले गृह र परराष्ट्रमन्त्रीलाई बोलाएर कुटनीतिक पहलकदमी चालेर समस्या समाधान गर्न निर्देशन दिएका थिए ।

अस्पतालबाट नै केहिबेरमा गरिने उक्त शवयात्रामा भागलिन सयौं सर्बसाधारणहरुको उपस्थिति हुन थालेको छ ।

सरकारसंग गौतमका अफन्तजन तथा स्थानीयले सहिद घोषणा नगरी शव नबुझ्ने बताएका कारण दाहसंस्कारमा ढिला भएको थियो ।