समाचार

खोटाङमा विदेशी पर्यटकको मृत्यु

खोटाङ । प्रसिद्ध हलेसीमा दर्शन गर्न आएका एक भुटानी बौद्धमार्गीको मृत्यु भएको छ । दर्शन गरेर फर्कन लागेका भुटान थिम्पुका साङ्गे छिरिङको शुक्रबार राति मृत्यु भएको छ ।

आइतबारको कान्तिपुरमा लेखिएको छ, शनिबारको बन्दका कारण राति नै फर्कन बसमा चढेको केही समयलगत्तै छिरिङको मृत्यु भएको प्रहरीले जनाएको छ ।  हृदयघातका कारण उनको मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

शव पोस्टमार्टमका लागि टिचिङ अस्पताल काठमाडौं पठाउने समेत प्रहरीले जानकारी दिएको छ । हलेसी दर्शनका लागि शुक्रबार बिहान एक सय पाँच जना भुटानी बौद्धमार्गी आएका थिए ।