अन्तर्राष्ट्रिय

संयुक्त राष्ट्रसंघले दियो खतरनाक संकेत, ७१ वर्ष यताकै ठूलो संकट !

न्युयोर्क । राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी संस्थाले विश्वले सन् १९४५ यताकै सबैभन्दा ठूलो मानवीय संकटको सामना गरिरहेको जनाएको छ । यो संकटबाट मुक्तिका लागि सहयोगका लागि पनि राष्ट्रसंघले आह्वान गरेको छ ।

राष्ट्रसंघको मानवीय सहायता प्रमुख स्टिफन ओ ब्राइनले यमन, सोमालिया, दक्षिण सुडान र नाइजेरियाका २ करोडभन्दा बढी मानिसले भोकमरी र अकालको खतरा सामना गरिरहेको जनाएका छन् ।

आइतबारको कान्तिपुरमा लेखिएको छ, यो संकट समाधानको लागि आगामी जुलाइसम्म ४.४ अर्ब डलर आवश्यक रहेको ब्राइनको भनाइ छ ।