खेलकुद

नेपाल र केन्याबीचको खेलमा दर्शकहरुबाट हुटिङ शुरु, खेलाडीहरुलाई उत्साह !

काठमाण्डौ । बर्षाका कारण अन्तर्राष्ट्रिय क्रिकेट मैदान किर्तिपुरमा नेपाल र केन्याबीचको खेख भर्खर शुरु भएको छ । बिहीबारदेखि नै पानी परेर मौशम चिसो भएपनि क्रिकेटप्रमीहरुको किर्तिपुर मैदानमा भीड छ ।

५० ओभरको खेललाई घटाएर ३८ ओभर बनाईएको छ । टस जितेको केन्याले नेपालसंग प्रतिस्पर्धा गर्न चुनौती सामना गर्नुपर्ने अनुमान लगाईएको छ । आजको खेलमा कप्तान पारस खड्का र बलर करण केसी अश्वस्थताका कारण सहभागी हुने छैनन् । जसले दर्गा नेपालको पक्षमा नारा लगाईरहेका नेपाली दर्शकहरु यसमा नरमाईलो मानिरहेका छन् ।

नेपाली क्रिकेट टिममा शरद भेष्वाकार, शक्ती गौचन, ज्ञानेन्द्र मल्ल, सागर पुन, बिनोद भण्डारी, बसन्त रेग्मी, सन्त्दिप लामिछाने, सुनिल धमला, सोमलाल कामी, दिपेन्द्र सिंह ऐरी, मेहबुब आलम लगायतका छन् ।

दर्शकहरुको हुटिङले खेलाडीहरुलाई उत्साह थपिएको देखिएको छ ।