आर्थिक

बागमती सरसफाईमा बैंकर्स एसोसिएसनको ऐक्यबद्दता

काठमाडौँ । बागमती सरसफाई अभियानमा नेपाल बैंकर्स एशोशियनले पनि ऐक्यबद्दता जनाएको छ ।

बागमती सरसफाई अभियान दुई सय साता पुगेको अवसरमा शनिबार एशोशियसनले ब्यानरसहित बागमती किनारमा भेला भएर ऐक्यबद्धता जनाएको हो ।

मेगा बैंकका सीईओ तथा बैकर एसोसिएसनका अध्यक्ष अनिलकेशरी शाहको नेतृत्वमा कुपण्डोलस्थित बागमती किनारमा पुगेका संघका पदाधिकारी तथा सदस्यहरु केहीबेर सरसफाईमा समेत सहभागी भएका थिए । त्यसपछि मुख्य कार्यक्रममा सहभागी हुन ब्यानरसहित शंखमुल पुगेका थिए ।

बागमती सभ्यतालाई संरक्षण गर्न आह्वान गर्दैै सरसफाई अभियानमा आफूहरुले निरन्तर ऐक्यबद्दता जनाइरहेको संघका अध्यक्ष शाहले बताए ।

बैंकरहरुले बाग्मती सरसफाई अभियानमा शुरुवातदेखि नै सहभागीत जनाउदै आएका छन् । नबनिर्बाचित अध्यक्ष शाहले पनि यसलाई निरन्तरता दिने बताए ।