आर्थिक

आईएमईबाट पैसा पठाउँदा गाडी उपहार पाउने क्षेत्रीलाई सम्मान

काठमाडौं । कतारस्थित रिया मनी ट्रान्सफरको संजालमा आवद्ध नेशनल एक्सचेन्जबाट आईएमई मार्फत् पैसा पठाउँदा निसान सन्नी ब्राण्डको गाडी उपहार स्वरूप प्राप्त गर्नुहुने आईएमई सेवाग्राही ज्ञान बहादुर क्षेत्रीलाई आईएमईले सम्मान गरेको छ ।

क्षेत्रीले गत महिना नेपाली रुपैयाँ १ लाख २० हजार रुपन्देहीस्थित आफ्नो घरमा पठाएबापत उक्त पुरस्कार पाएका हुन् । बुटवलस्थित आईएमईको व्यावसायीक साझेदार संस्था तिनाउ विकास बैंकबाट उक्त रकम भुक्तान भएको थियो ।

आईएमईमा कार्यरत कर्मचारीहरुको उपस्थितीमा आईएमई केन्द्रीय कार्यालय पानीपोखरीमा वरिष्ठ प्रवन्धकद्वय रुद्रराज पौडेल र खिलेन्द्र पौडेलले संयुक्त रूपमा क्षेत्रीलाई सम्मान गरेका छन् ।

आफ्नो स्थापना देखिनैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १६ औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी ७५ जिल्लाका ५,७०० सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले  कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।