खेलकुद

नेपाल र केन्यबीचको खेलमा वर्षा वाधक, खेलाडीहरु खेल मैदान प्रवेश गरे

काठमाण्डौ । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा शनिबार नेपाल र केन्या भिड्दैछन् । तर बिहानैदेखि परेको वर्षाका कारण निर्धारित समयमा खेल हुन सकेको छैन । खेल मैदानमा खेलाडीहरु प्रवेश गरिसकेका छन् भने दर्शकहरु आउने क्रम जारी रहेको छ ।

बेला बेलामा रोकिदै र आउँदै गरेको वर्षाका कारण खेल मैदानमा प्रवेश गरेका खेलाडीहरुलाई समेत हच्काइदिने काम गरिरहेको छ ।
आम दर्शक र खेलाडीहरुले पानी रोकिने प्रतिक्षा गरिरहेका छन् ।