अन्तर्राष्ट्रिय

दक्षिण कोरियाली राष्ट्रपति सत्ताच्यूत

एजेन्सी । दक्षिण कोरियाको संवैधानिक अदालतले राष्ट्रपति पार्क ग्यून हवेमाथिको अभियोगलाई पारित गरेको छ । मार्च दश तारिकमा सो अभियोगमाथि अदालतले अन्तिम फैसला गरेको हो । राष्ट्रपति पार्क दक्षिण कोरियाको राजनीतिक इतिहासमा संसदले लगाएको महाअभियोगबाट सत्ताच्यूत हुने पहिलो राष्ट्रपति समेत बनेकी छन् ।

संवैधानिक अदालतका प्रमुख ली चन मैले पैचिङ्ग समयअनुसार विहान दश बजेतिर राष्ट्रपतिमाथिको महाभियोगको फैसला पढेर सुनाउँदै आठ जना न्यायाधिशको संयुक्त इजलासले महाभियोगलाई सदर गरेको जानकारी दिए।

दक्षिण कोरियाको सम्बन्धित नीति अनुसार टण् दिनमा गणतन्त्र कोरियाले चुनाव गर्नुपर्ने छ। संवैधानिक अदालको फैसलापछि सत्तारुढ पार्टी स्वतन्त्र प्रजातान्त्रिक पार्टीले दक्षिण कोरियाली जनता समक्ष क्षमा-याचना गरेको छ।