पु.समाचार

नेपाल भारत सीमानामा झडप भएपछि चीनले दियो प्रतिक्रिया

काठमाडौं । नेपालमा बढ्दै गएको द्वन्द्वका कारण नेपाल भ्रमण गर्न चाहने चिनीया नागरिकलाई सतर्कता अपनाउन चीन सरकारले आग्रह गरेको छ ।

शनिबारको नेपाल समाचारपत्रमा लेखिएको छ, नेपाल स्थित चिनीया दूतावासले जारी गरेको बक्तव्यमा नेपालको दक्षिणी क्षेत्रमा द्वन्द्व र हिंसाका घटना दिन प्रतिदिन बढ्दै गएकाले सो क्षेत्रको भ्रमण नगर्न र जानै परेपनि सतर्कता अपनाउन आग्रह गरेको छ ।

चिनीया विदेश मन्त्रालयले नेपाल भारत सीमा क्षेत्रमा केही दिनदेखि तनाव बढ्दै गएकाले त्यस क्षेत्रमा भ्रमण गर्नुपरे उच्च सुरक्षा सतर्कता अपनाउन समेत आग्रह गरेको छ ।