राजनीति

पहाडे समुदायका बीचमा अलोकप्रिय मोर्चा नेता महतोले भने, “कुनै हालतमा निर्वाचन गर्न दिदैनौं”

काठमाण्डौं । सद्भाबना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आफूहरुलाई बाईपास गरेर स्थानीय निकायको निर्बाचन गरे बहिष्कार गर्ने चेतावनी दिएका छन् ।

शुक्रबार राजबिराज जानेक्रममा पत्रकारहरुसँंग कुरा गर्दै मधेसी मोर्चाका नेता समेत रहेका महतोले तराईमा जनसंख्याको आधारमा स्थानीय निकायको पुनसंरचना हुनुपर्ने आफूहरुको माग यथावत रहेको बताएका छन् ।

पछिल्लो समयमा पूर्बमन्त्री समेत रहेका अध्यक्ष महतो पहाड र पहाडे समुदायप्रति खरो रुपमा प्रश्तुत भएका कारण पहाडिया समुदायमा अलोकप्रीय नेताका रुपमा चिनिन्छन् । एमाले अध्यक्ष केपी शर्मा ओली भने मधेसी समुदायमा अलोकप्रिय नेता देखिएका छन् ।

राजबिराज लगायतका स्थानमा बिभिन्न कार्यक्रममा महतोले भाग लिने बताईएको छ । राजबिराजमा एमालेको समभासकिएपछि ४ जना नेपालीको मृत्यु भएपश्चात मधेसबादी नेता महतोको तराईको पहिलो भ्रमण हो । नेता महतोले कंचनपुर घटनाको बारेमा केहि बोलेनन् ।