राजनीति

परराष्ट्रमन्त्री महत भारतले गौतम मारेकोमा चिन्ता नलिएकोमा भारतीय बिदेशमन्त्री स्वराजसंग आक्रमक

 

काठमाण्डौ । नेपाली काँग्रेसको तर्फबाट परराष्ट्रमन्त्री बनेका डा.प्रकाशशरण महतले कंचनपुरमा भारतीय सीमा सुरक्षबल ले गोली हानी हत्या गरेकोमा भारतीय बिदेशमन्त्री सुष्मा स्वराजसंग टेलिफोनमा असन्तुष्टी पोखेका छन् ।
बिहीबार कंचनपुरमा गोली लागी मृत्युभएका गौतमको बिषयमा अहिलेसम्म भारतीय सरकारका तर्फबाट बक्तब्यसमेत नआएको भनेर भारतीय बिदेशमन्त्री स्वराजलाई मन्त्री महतले नेवालीको मृत्युमा भारत नबोल्नु सरकारलाई र ब्यक्तीगत रुपमा आफूलाई दुःख लागेको बताएका छन् ।
भारतीय दुताबासले बिहीबार नै बिज्ञप्ती जारी गर्दै आफ्नो तर्फबाट गोली नलागेको बताएको थियो । यसमा भारतले घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न डा.महतले सुष्मा स्वराजलाई चेतावनीमुलक ढंगबाट आग्रह समेत गरेका छन् ।

शुक्रबार नै मन्त्री महतले कार्यबाहक राजदूत बिनयकुमारलाई परराष्ट्र मन्त्रालय बोलाएर कुटनीतिक नोटमा हस्ताक्षर गराएका थिए ।

सुष्मा स्वराजसंगको टेलिफोन कुराकानीमा स्वराजले भारत सरकार उक्त घटनाप्रति जानकार भएको र गम्भीरताकम साथ अध्ययन गरिरहेको स्पष्टोक्ती दिएकी थिईन । उक्त कुरा पराष्ट्रमन्त्रीका पे्रश संयोजक एकराज पाठकले सुर्यखबरलाई बताए ।

परराष्ट्रमन्त्रालय स्रोतका अनुसार मन्त्री महत समस्या कुटनीतिक ढंकले हल गर्न नयाँ ढंगले सोचिरहेको बताईएको छ ।