समाचार

कञ्चनपुर घटनाको विषयमा महत र स्वराजबीच यस्तो वार्ता

काठमाण्डौ । बिहीबार कञ्चनपुरमा भएका घटनाको विषयलाई लिएर परराष्ट्र मन्त्री डा.प्रकाशशरण महत र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच टेलिफोन वार्ता भएको छ । कञ्चनपुरको आनन्दबजारमा भएको झडपमा भारतीय प्रहरीद्धारा एक नेपाली युवाको हत्या भएपछिको उत्पन्न परिस्थितिका बारे छलफल गर्न दुई देशबीचका परराष्ट्रमन्त्री बीच टेलिफोन वार्ता भएको हो ।

भारतीय सीमा सुरक्षा बलको गोली लागेर नेपाली युवाको हत्या भएको र भारत सरकारले यो घटनाप्रति आफ्नो धारणा बाहिर नल्याएको भन्दै परराष्ट्रमन्त्री महतले भारतीय विदेशमन्त्रीको ध्यानकर्षण गरेको बताइएको छ । परराष्ट्रमन्त्री डा.महतले घटनाको छानबिन गरी संलग्न दोषीमाथि कार्वाही गर्न भारतीय समकक्षीसँग आग्रह गरको परराष्ट्र मन्त्रालय श्रोतले जनाएको छ ।