आर्थिक

सनराईजको नयाँ साखा दमकमा

सुर्यखबर सम्बाददाता,
काठमाडौं । सनराइज बैंकले झापा जिल्लाको दमकमा नयाँ शाखा स्थापना गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन् मंगलबारका दिन दमक उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाल र बैंकका नायव महाप्रबन्धक श्री अपछ कुमार यादवले संयुक्त रूपमा गरेका छन् ।

यस शाखाको स्थानान्तरणबाट बैंकले आफ्ना समस्त ग्राहकहरुलाई थप विस्तारित एवं सर्वसुलभ बैंकिङ्ग सेवाहरु पु¥याउन सक्षम हुनेमा विश्वास लिएको छ । उक्त शाखाबाट ग्राहकहरुलाई लकर सेवा समेत उपलब्ध गराइएको छ ।

हाल सन्राइज बैंक लिमिटेडले नेपाल अधिराज्य भर ६८ वटा शाखा र ७३ वटा एटिएमद्वारा ग्राहकहरुलाई् बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । यो दमक शाखा संगै विराटनगरदेखि पूर्व नेपालको क्षेत्रमा बैंकको १२ वटा शाखाहरुले ग्राहकहरुमा सेवा प्रदान गर्दै आएको छ । निकट भविष्यमा बुधबारेमा अर्को शाखा खोल्न लागेको समेतत जानकारी गराउन चाहन्छौ ।

साथै वि. पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, चितवन मेडिकल कलेज नारायणगढ र मलेसिया भि.एल.एन. काठमाडौंमा एक्स्टेन्सन काउन्टर तथा अधिराज्यका विभिन्न स्थानहरुमा १३ वटा शाखा रहित बैंकिङ्ग सेवा संचालनमा रहेका छन्।