काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाउनुभएको मधेसी मोर्चासहित सत्तारुढ दलहरुको बैठक विना निश्कर्ष टुंगिएको छ । मंगलबार प्रधानमन्त्री दाहालले सत्तारुढ दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र र मधेसी मोर्चासहितको बैठक बोलाएका थिए । बैठकमा प्रधानमन्त्री दाहालले संविधान संशोधन प्रस्तावलाई असफल हुने गरी अघि बढाउन नहुने र सो प्रस्तावलाई स्थानीय निर्वाचनपछि अघि बढाउन सकिने प्रस्ताव अघि बढाएका थिए ।
प्रधानमन्त्रीको प्रस्ताव लगत्तै कांग्रेस सभापति शेरबहादुर देउवाले यो विषयमा राप्रपासँग बैठक बसेर मात्र निश्कर्ष निकाल्न सकिने कुरा बताएका थिए त्यसअघि मोर्चाका नेताहरुले बोल्न खोजेका थिए, तर देउवाले अगाडीनै समय लिएर विषयान्तर गरिदिएका थिए ।
सभापति देउवाको उक्त प्रस्तावलगत्तै मधेसी मोर्चाका नेताहरुले पनि केही दिन पछि मात्र निश्कर्ष दिने भन्दै जुरुक्क उठेर हिडेको र छलफल विना निश्कर्ष टुंगिएको बालुवाटार निकट श्रोतले बताएको छ ।